विश्वकप छनाेट – नेपाल आज ताईपेसंग प्रतिस्पर्धा गर्दै

ताईपेसंग प्रतिस्पर्धा गर्दै- विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो ।

पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ । नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । सोही कारण विश्वकप छनोटको दोस्रो खेलमा मैदान उत्रदै गर्दा नेपाल कम्तिमा सोही नतिजा दोहर्याउने लक्ष्यमा हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले समेत प्रष्ट रुपमा गत जेठमा गरेको प्रर्दशनलाई निरन्तरता दिने योजनामा आफुहरु रहेको बताएका छन् ।‘गत जुनको प्रर्दशन दोहर्याउन आतुर छौ ।’ उनले थपे, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको हामी फुटबल खेल्न आएका हौ । उत्कृष्ट फुटबल पस्किने छौ ।’ हुन त फिफा वरियतामा नेपाल भन्दा ताईपे माथि छ । चाईनिज ताईपे वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल १ सय ६६ औ स्थानमा छ ।तर ताइपेको मैदानमा अंक जोड्ने लक्ष्य नेपालले लिएको छ ।

‘हाम्रो लागि अघिल्लो खेल निराशाजनक रह्यो । हामीले सबै गोल आफ्नै गल्तीले खायौँ। हामीले कुवेतविरुद्ध खराब फुटबल खेलेका थियौँ तर हाम्रो मुख्य लक्ष्य लयमा फर्कनु हुनेछ । हामीलाई थाहा छ गल्ती कहाँ रह्यो ।’ प्रशिक्षक कालिनले भने । कालिन नेतृत्वको नेपाली टिमले विश्वकप छनोट अघि कुवेतसंगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकालेको थियो । पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेल पेनाल्टीमा १–० ले गुमाएको थियो ।

तर विश्वकप छनोटमा कुवेतसंग ७–० को लज्जास्पद हार नेपालले ब्यहोर्यो । नतिजाबाट प्रशिक्षक कालिन समेत आश्चार्यमा छन् । सो गल्ती ताइपेविरुद्व दोहर्याउन नहुनेमा उत्तिकै सजक पनि । ‘ताइपे राम्रो टिम हो । उनीहरुलाई कमजोर आँकलन गर्नु गल्ती हुनेछ । यो टिम कुवेतजत्तिकै राम्रो छ ।’ कालिनले भने, ‘हालै कुवेतले हङकङलाई हराएको थियो । हामीले खेलका लागि योजना बनाईसकेका छौँ ।’ कालिनले थपे ।

घरेलु टोली र नेपालबीचको खेल ताइपे स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेटमा सुरु हुनेछ ।नेपाली टिमका कप्तान किरण चेम्जोङ समेत ताइपेविरुद्व खेलका लागि आफुहरु खेल्न तयार रहेको बताएका छन् ।

उनले राम्रो तयारी गर्न नपाएपनि घरेलु टोलीविरुद्व मैदान उत्रन आफुहरु आतुर रहेको उल्लेख गरे । ‘हामीले यहाँ धेरै तयारी गर्न पाएनौ । हामीले हिजो सामान्य अभ्यास गरेका थियौं । आज पनि खेलअघिको ट्रेनिङ ढिला भयो । तर, हामी तयार छौँ ।’ प्रि म्याच कन्फरेन्समा किरणले भने ।

र याे पनि हेर्नुस – विश्वकप छनाेट खेल्ने राष्ट्रिय फुटबल टिम घाेषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *