निजगढमा तामाङ भाषा मार्फत अध्यापनको व्यवस्था गर्ने तयारि हुँदै

नवराज चौलागाईं, निजगढ,०१ फाल्गुन । निजगढका मेयर सुरेश कुमार खनालले शैक्षिक र सामाजिक रुपमा पछी परेका तामाङ लगायत अन्य समुदायको उत्थानकोलागी नगरपालिकाले सामाजिक बिकासका कार्यक्रममा जोड दिने बताउनुभएकोछ । २८५७ औ सोनाम ल्होसारको अवशरमा नेपाल तामाङ घेदुङ बाराले निजगढको लालमा आयोजना गरेको सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुहुदै मेयर खनालले निजगढमा तामाङ समुदायको वाहुल्यता रहेको बताउनुहुदै अझैपनि तामाङ समुदायका नागरिकहरु शैक्षिक र आर्थिक क्षेत्रमा पिछडिएको बताउनुभयो ।

मेयर खनालले तामाङ लगायत अन्य समुदायको जीवनस्तर माथि उठाउन नगरपालिकाले विविध जनचेतना लगायत सामाजिक बिकासका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । खनालले तामाङ समुदायका विध्यार्थीहरुलाइ तामाङ भाषा मार्फत अध्यापनको व्यवस्था गर्ने गरि नगरपालिकाले तयारि गरिरहेको बताउनुभयो । यसैगरी उपप्रमुख लिलादेवी लामिछाने खनालले तामाङ समुदायको शैक्षिक स्तर वृद्धि गर्न नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।

उपप्रमुख खनालले तामाङ भाषा र संस्कृतिको जगेर्ना गर्दै निजगढलाई तामाङ समुदायको पहिचानको रुपमा बिकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल तामाङ घेदुङ बाराका अध्यक्ष सुर्य घलानको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश २ का संयोजक पेमासिद्धि लामा,नेपाल तामाङ घेदुङ केन्द्रिय संगठन बिभाग सदस्य आशीष तामाङ,निजगढ वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान,वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले लागायतको सहभागिता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *