तेश्रो निजगढ मेयर कप शुरु, निजगढ सिटिको बिजयी शुरुवात

नवराज चौलागाईं, निजगढ,०१ फाल्गुन । शनिबारबाट शुरु भएको तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगितामा साविक बिजेता निजगढ सिटि फुटबल क्लवले बिजयी शुरुवात गरेकोछ । वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा भएको खेलमा निजगढ युवा क्लव बि लाई टाईब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै निजगढ सिटिले प्रतियोगितामा सुखद शुरुवात गरेकोहो ।

निजगढ सिटि फुटबल क्लव / फोटो ; शिव राज अधिकारी

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा गएकोथियो । टाईब्रेकरमा निजगढ युवा क्लवका दुई खेलाडीले पेनाल्टी खेर फालेकाथिए । निजगढ युवा क्लवका कप्तान रंजित धामी र मंगल कुमरले पेनाल्टी खेर फालेकाथिए ।

निजगढ युवा क्लव बि / फोटो ; शिव राज अधिकारी

खेलको म्यान अफ द म्याच निजगढ सिटिका गोल रक्षक रचित थापा घोषित भए । यसअघि प्रतियोगिताको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएकोथियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मेयर खनालले निजगढमा फुटबल खेलको बिकासकोलागि नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता संचालनको व्यवस्था गरेको जनाउनुभयो । मेयर खनालले खेलाडी उत्पादन र फुटबलको प्रवर्द्धनकोलागी मेयर कप फुटबलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

फोटो ; शिव राज अधिकारी

निजगढमा जिल्ला स्तरीय फुटबल प्रशिक्षण केन्द्रको स्थापना हुने प्रक्रियामा रहेको समेत मेयर खनालले बताउनुभयो । अखिल नेपाल फुटबल संघ एन्फाले निर्माण गर्ने प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षक सहित खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था रहने मेयर खनालले बताउनुभयो । आधुनिक स्तरको उक्त प्रशिक्षण केन्द्र स्थापनाकोलागि नगरपालिकाले अखिल नेपाल फुटबल संघ एन्फालाई जग्गाको व्यवस्था गरेको बताउनुभयो । तेस्तै उप प्रमुख लिलादेवी लामिछाने खनालले खेलकुद क्षेत्रको बिकासकोलागी नगरस्तरीय खेलकुद बिकास समितिको आवश्यकता रहेको औल्याउंदै नगरपालिकाले खेलकुद बिकास समिति गठनमा ध्यान पुर्याउने जनाउनुभयो । कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश २ का संयोजक पेमासिद्धि लामाले फुटबल खेलको बिकासकोलागी नगरपालिकाले प्रशिक्षक सहित नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

फोटो ; शिव राज अधिकारी

प्रतियोगिता अन्तर्गत आईतबार दुईवटा खेल हुनेछ । दिउसो १२ ः ३० देखि शुरु हुने पहिलो खेलमा सिंगौल फुटबल क्लवको ए टिम र शान्तिटोल युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २ ः ३० बजेदेखि संचालन हुने दोश्रो खेलमा रतनपुर युनाईटेड युथ क्लवको ए टिम र नमोबुद्ध आधुनिक क्लव बीच प्रतिस्पर्धा हुनेछ ।

फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *