तेश्रो निजगढ मेयर कप : सिंगौल फुटबल क्लव ए र रतनपुर युनाईटेड बिजयी

निजगढ,फाल्गुन ०२ – तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा सिंगौल फुटबल क्लव ए र रतनपुर युनाईटेड युथ क्लव बिजयी भएकोछ । रतनपुरले नमोबुद्ध आधुनिक क्लवलाई ३—० गोल अन्तरले पराजित गर्यो ।

रतनपुरका लागि कप्तान आशालाल कुमरले २ गोल गरे । खेलको ८ औ मिनेटमा कप्तान कुमरले पहिलो गोल गर्दै रतनपुरलाई अग्रता दिलाएकाथिए । पहिलो हाफमा १ गोलले अघि रहेको रतनपुरले दोश्रो हाफमा थप २ गोल थप्यो ।

खेलको ४१ औ मिनेटमा रतनपुरका समन कुमरले गोल गर्दै रतनपुरको अग्रता दोब्बर बनाए । व्यक्तिगत दोश्रो तथा टिमकोलागी तेश्रो गोल गर्ने क्रममा कप्तान आशालालले ५० औ मिनेटमा फर्किक मार्फत गोल गरे । डिबक्स नजिकबाट प्राप्त गरेको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान आशालालले व्यक्तिगत दोश्रो गोल गरे । रतनपुरका कप्तान आशालाल खेलको म्यान अफ द म्याच समेत बने। खेलमा नमोबुद्धका संजय मोक्तानले फल गरेपछि पहेलो कार्ड प्राप्त गरेकाथिए ।

यसैगरि आईतबार नै सम्पन्न पहिलो खेलमा शान्तिटोल युनाईटेड क्लव सिंगौल फुटबल क्लव ए संग पराजित भएकोछ । शान्तिटोल युनाईटेडलाई ६—० गोल अन्तरले पराजित गर्दै सिंगौल फुटबल क्लव ए प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेकोछ । सिंगौलका सुबन सापकोटाले फल गरेपछि पहेलो कार्ड पाएकाथिए । प्रतियोगिता अन्तर्गत सोमबार दुईवटा खेलहरु हुनेछन । दिउसो १२ः३० मा हुने पहिलो खेलमा सिंगौल फुटबल क्लव ए र हिमाल फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २ः३० बजे हुने दोश्रो खेलमा बाघ भैरव युवा क्लव र निजगढ युनाईटेड बीच प्रतिस्पर्धा हुनेछ ।

शहिद हिरालाल रंगशालामा फागुन १४ गतेसम्म सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *