तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको तयारि अन्तिम चरणमा

नवराज चौलागाईं,
निजगढ,२९ माघ ।
तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेकोछ । आयोजक निजगढ फुटबल क्लवले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएकोहो ।
फागुन १ गतेदेखि १४ गतेसम्म संचालन हुने प्रतियोगितामा निजगढ नगरपालिका भीत्रका १६ वटा क्लवहरुले सहभागिता जनाउने सम्मेलन मार्फत निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापा मगरले जनाउनुभयो । तेस्तैगरि प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा ट्रफी र प्रमाणपत्र सहित सम्मान गर्ने आयोजकले जनाएकोछ । वि.स २०७४ सालदेखि संचालन भईरहेको निजगढ मेयर कप फुटबलको प्रथम संस्करणको बिजेता वडा नम्बर ४ हो भने दोश्रो संस्करणको बिजेता वडा नम्बर ५ हो ।
कोभिड १९ संक्रमणका कारण गत वर्ष स्थगित भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैंया सहित सहित प्राप्त गर्नेछन भने उपविजेताले नगद ४५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन । निजगढ नगरपालिकाको सहयोगमा संचालन हुने प्रतियोगिता वडा नम्बर ९ स्थित शहीद हिरालाल रंगशालामा संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन निजगढका मेयर सुरेश कुमार खनालले गर्नुहुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर ५ र वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *