‘ए’ डिभिजन लिग फुटबल – त्रिभुवन आर्मीको विजयी सुरुवात

त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे । फ्रेन्ड्सका शक्ति राईले एक गोल फर्काए । 

आर्मीले खेलको तेस्रो मिनेटमै नवयुगको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा शक्तिले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । तर, ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए ।

जितसँगै आर्मीले ३ अंक जोडेको छ ।

र यो पनि हेर्नुस – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *