बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तान रहेका छन् ।

बाराका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार मोटरसाइकलमा सवार लामाको घट्ना स्थलमै र मोक्तानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जितपुर सिमरा उपमहानगररपालिका–१६ स्थित पूर्वपशिचम राजमार्ग अन्तर्गत बंगरी पुल नजिकै ना ४ ख ८१६५ नम्बरको ट्रकले बा ५२ प ३९९० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई नियत्रणमा लिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *