सिन्धुलीको जुनारमा देखियाे कालो ढुसी

सिन्धुली सम्वाददाता/देखियाे कालो ढुसी – सिन्धुलीको जुनारमा कालो ढुसी (सुटीमोड) रोग देखापरेको छ । सिन्धुलीको तीनकन्यालगायत जुनार खेती गरिने विभिन्न स्थानमा यो रोग देखापरेको छ । अगाडी देखीनै औंसा पार्ने झिँगाको प्रकोप झेलिरहेको सिन्धुलीको जुनारमा यस्तो रोग देखा परेको हो ।

सिन्धुलीको जुनारमा एकप्रकारको यो ढुसी रोग पहिलादेखि नै भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (जुनार सुपरजोन) का प्रमुख देवराज अधिकारीले जानकारी दिनुभयो । किसानको गुनासो आएपछि परिक्षणका लागि तीनकन्याबाट नमुना संकलनगरि बाली रोग विज्ञान महाशाखा, खुमलटार पठाइएको थियो ।

परीक्षणबाट तीनकन्या लगायत स्थानका जुनारमा देखिएको रोग कालो ध्वाँसे ढुसी (सूटी मोल्ड) भएको र रोग विज्ञान महाशाखाले रोगको रोकथामको उपाय सुझाएको उहाँले जानकारी दिनुभयो । सो रोग लागेको जुनारको बोटहरु सफा राख्ने तथा हाँगाविगाहरु छाँटकाँट गर्ने, कीराको प्रकोपले यो रोग लाग्नेहुँदा सुरुमा नै ती कीरा नियन्त्रण गर्ने, काटेको भागमा बोडो पेस्टको लेप लगाउनु पर्छ । त्यस्तै, जुनारको पुरै बोटको हाँगाहरु तथा पात भिज्ने गरी १२ देखि १५ दिनको फरकमा ०.२ प्रतिशत तामायुक्त विषादी कपर अक्सीचोराइड (ब्लिटोक्स–५०) १५–२० दिनको फरकमा कम्तिमा तीन पटक छर्केर उपचार गर्नुपर्ने महाशाखाले जनाएको छ । समेत घरेलु उपायमार्फत् पनि कालो ढुसी नियन्त्रण गर्न सकिने सुपरजोनका कृषि अधिकृत तथा सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभएको छ ।

देखियाे कालो ढुसी

उहाँले मोहीलाई सात दिनसम्म तामाको भाँडामा राखी त्यसलाई अमिलो पार्नुपर्ने र सो मोहीलाई १९ लिटर पानी मा एक लिटर मोही मिसाएर हप्ता दिनको फरकमा छर्न सके राम्रो हुने कृषि अधिकृत अधिकारीले सुझाव दिनुभएको छ ।

र याे पनि हेर्नुस – रामेछापकाे नवजागरण सहकारी प्रदेश न‍.३ कै उत्कृष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *