द भोइसकी गीता शर्माले स्टाटस लेख्दै भनिन् – यो ताज घर लिएर जान चाहन्छु

सिक्किमकी चेली गीता शर्मा गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को अन्तिम ८ मा प्रवेश गरेका छन् । सेमिफाइनलमा उनी सँगै अरु ७ जना पनि फाइनलको प्रवेशको तयारीमा रहेकाे छन् ।  तर सिक्किमकी गीता शर्माको जित्ने सम्भावना बलियो छ  भन्ने प्रतिक्रियाहरु आइरहेकाेःछन । उनी बिजेताको एक प्रवल दाबेदार हुन् गीता काेज राजुको टिममा रहेकी छीन । भ्वाइसको विभिन्न चरणमा एक पछी अर्को उत्कृष्ट प्रस्तुती दिदै उनी ‘द भ्वाइस अफ नेपाल’ को अन्तिम ८ मा पुगेकाी हुन् ।

यस बिच आफ्ना समर्थकहरुमा सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै आफुलाइ भाेट गरेर सहयाेग गर्न अपिल समेत गरेकी छिन् । द भोइस अफ नेपालको सिजन २ को ताज बाजीमार्न हर्दम टडिरहेकी बताउदै भ्वाइसको ताज लिएर सिक्कम घर जान चाहेको समेत खुलाएकी छिन ।

त्यही भएर सिक्किम, दर्जेलिङ्ग, भूटान, बर्मा, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङ्कङ, दुबई हामी जहाँ पुगेका भए पनि हामी पहिला नेपाली हाैं ।

पठाैं उनको स्टाटस जस्ताको तस्तै :

नेपाली सङ्गीतलाई साधना, माया, र सत्कार गर्नु हुने तमाम मेरा आदरणीय दर्शक श्रोताहरूमा नमन गर्दछु । मलाई सिक्किम स्वर्ग जस्तै लाग्छ र सिक्किमकी नेपाली चेली अहिले नेपालमा सम्पन्न भइरहेको द भोइज अफ नेपालको दोश्रो श्रृङ्खलामा विजयको दाबेदारी दिइरहेकी छु ।

तपाईंहरू कतिलाई थाहा छ कि सिक्किम दिल्लीसँग भन्दा काठमाण्डाैंसँग नजिक छ भनेर । भाषा, साहित्य, कला र सङ्गीत संसारमा जहाँ रहेको भए पनि नेपाली जातिको गरिमा, सान, र स्वभिमान हुन् । त्यही भएर सिक्किम, दर्जेलिङ्ग, भूटान, बर्मा, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङ्कङ, दुबई हामी जहाँ पुगेका भए पनि हामी पहिला नेपाली हाैं ।

मलाई लाग्छ संसारमा जहाँ भएको भए पनि एक पटकको नेपाली सदाको नेपाली हुन्छ । मलाई सिङ्तामका बस्तीमा मैले उठबस गर्ने नेपालीहरू र भूटान, भारत, बर्मा, नेपाल, अमेरिका लगायत संसारभर डायसपोरा भएर फैलिएका नेपाली मन मुटुहरू साँच्चि नै उस्तै लाग्छ । यसमा मलाई उत्तिकै विश्वास र भरोसा पनि लाग्छ ।

मलाई अर्को के लाग्छ भने कला, गला, सङ्गीत, र साहित्य भनेका सिमानाभन्दा माथिका कुरा हुन । सिमाना भन्दा माथि हामीलाई अपनत्व, बन्धुत्व, र भातृत्वसहित जोड्ने भनेको यिनै सत्यहरूले हो ।

दार्जेलिङका नाराण गोपाल नेपाली सङ्गीतका स्वरसम्राट हुन उनी दार्जेलिमा सिमित छैनन् । नेपालका महाकवि लक्ष्मीप्रसाद देवाकोटाका सिक्किम, दार्जेलिङ, बर्मा, अमेरिका लगायत संसारभर सालिकमा नेपाली स्वभिमान सहित महाकविको वैभव उभिएका हुन्छन् । हामीलाई इतिहासले यस किसिमको प्रेमिल सम्बन्धमा विलखबन्ध गराइसकेको हुनाले हाम्रो वर्तमान पनि उस्तै नेपालीत्व भरिएको छ भन्ने विश्वास व्यक्त गर्दछु ।

हेर्नुहोस् भारतमा सम्पन्न भएको भारतीय आइडलमा प्रशान्त तामाङले विजयको ताज बरण गर्दा होस् वा नेपालका पृतम आचार्यले भारतमा सम्पन्न भएको सारेगमापा ताज बाजी मार्दा होस् हामी नेपाली एकतामा जान सकेका छाैं, त्यसैले संसारमा जहाँ भए पनि हामी एक हाैं ।

संसारमा जहाँ पुगेको भए पनि नेपाली समाजमा नारीहरूले उचित मूल्य, मान्यता, सम्मान, र सत्कार नपाएकै घटना र किम्बदन्तीहरू छन् । सत्य कुरा के हो भने विना नारी सभ्यता सम्भव छैन र नारीको सम्मान नहुने समाज नर्क हो ।

सिक्किमको एउटा विकट गाउँमा जन्मिएर मैले नेपाली पहिचानले नेपाली गीतसङ्गीतको साधनामा समर्पण गरेको दुई दशकले मलाई तपाईं समक्ष उभिने र मेरो क्षमताले नेपाली गीत सङ्गीतलाई नवपुस्ता र नेपाली डायसपोरासम्म लिएर उभिने क्षमता र सधना मसँग भएको हुनाले म अहिले नेपालमा सम्पन्न भइरहेको द भोइस अफ नेपालको सिजन २ को ताज बाजीमार्न हर्दम टडिरहेकी छु । म यो ताज लिएर सिक्कम घर जान चाहन्छु र नेपाली सङ्गीतको डायसपोरा बन्न चाहन्छु । बस् मलाई तपाईंको माया र हाैसला काफी छ । म मेरो लक्षमा कर्मठ भएर लागिरहन्छु ।

यहाँको राजनीति र भूगोल फरक छन् । मलाई सारै धेरै सकस, तनाव, र चुनाैतिहरू असरल्लै छन् तथापि पनि मैले हिम्मत हारेकी छैन किन भने मलाई मेरा साधना, इमान्दारिता, र तपाईंको मायामा विश्वास छ ।

मैले यो प्रतियोगिताको विजयको ताज बरण गर्नु जित्तुमात्र होइन, दुरादेशमा एक नेपाली चेलीको जीवनकर्मका रूपमा झाँगिकएको नेपाली सङ्गीतप्रतिको समर्पणले न्याय पाउनु पनि हो । नेपाली – नेपालीबिचको सुमधुर साइनो सिमानापारिसम्म कला, गला, र क्षमताका आधारमा फैलिनु पनि हो ।

मलाई लाग्छ पोहार साल नेपालले सही कलाकार पायो र ताज घरमै राख्यो, यस पालीको योग्य कलाकार म गीता शर्मा हुँ । मेरो पृष्ठभूमि अध्यायन गरियोस् र आगामी वर्ष यो प्रतियोगिताको ताज सक्षम कलाकारका माध्यमले नेपाल वा सिक्किम भन्दा धेरै टाडा अमेरिका, बेलायत, वा अष्ट्रलियासम्म जानु पर्छ । नेपाली गीतसङ्गीतको गरिमा र माैलिकतालाई विश्वव्यापिकरण गर्ने त्यो भन्दा शुनाैलो माैका के हुन सक्छ ?

त्यस कारण मेरा आदररणीय र इमान्दार नेपाली सङ्गीत पारखी दर्शकश्रोता । द भोइस अफ नेपालको विजेता भएर सिक्किमेली नेपालीको माया ममता र माैलिकताका आत्मिक सन्देश लिएर संसारभर जान मेरो क्षमता, इमान्दारिता, र साधनाका आधारमा मलाई धेरै धेरै भोट दिएर माैका दिन सनम्र अनुरोध गर्दछु ।

मेरो जीत भनेको समस्त नेपाली चेलीको जीत हो, नेपालको, सिक्किमको, र स्वयम् तपाईंको जीत हो। साँच्चि नै यो नेपाली डायसपोराको जीत हो । तपाईंको साथ, समर्थन, विश्वास, माया, हाैसला, र मार्गदर्शनका निम्ति प्रशंसा र आत्मभाव सहित विदा चाहन्छु ।

नमस्कार !

गीता शर्मा
सिक्किमेली नेपाली चेली।

र याे पनि हेर्नुस – निर्देशक कृष्ण पौडेलले नचाए अञ्जली अधिकारीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *