विराटनगर माथि धनगढीको रोमाञ्चक जित

विराटनगर टाईटन्सले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेटमा धनगडी ब्लुजले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा धनगडी ब्लुजले विराटनगरलाई ५ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

१ सय १८ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन बनायो । पहिलो ओभरमानै २ विकेट गुमाएको विराटनगरका राजु रिजालले सर्वाधिक २५ रन बनाए । २२ बल खेलेका उनले २ चौका र १ छक्काको मद्दतमा २५ जोडे । यस्तै सुनिल धमलाले १८ रन बनाउँदा नोमन खानले ११, पुनित मेहेराले १५ कप्तान प्रदिप सिंह ऐरीले १० रनको योगदान गरे ।

धनगडीका दिपेन्लेद्र सिंह ऐरीले ३ विकेट हात पारे । यस्तै सगर ढकाल २ विकेट लिए ।

पहिलो ओभरको पहिलो बलमा कमल सिंह ऐरीले जयद आलमलाई अनिल खरेलको हातबाट कभरमा क्याच आउट गरे । पहोलो ओभरमानै दिलिप नाथलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

सुनिल धमला र प्रदिप ऐरीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दा अनिल खरेलले सुनिललाई सन्दीप सुनारको हातबाट साज क्याच आउट गराउँदा सगर ढकालले प्रदिपलाई अमित याधबको हातआ क्याच गराए ।

नोमन खान सगर ढकालको बलमा लङ अफको दिशामा थोमसको हातबाट आउट भए । सर्वाधिक रन बनाएका राजुलाई अमृत याधबले मिड विकेटमा कमल सिङ ऐरीको हातबाट क्याच आउट गराए ।

राजेश पुलामी मगरलाई दिपेन्द्रले थोमसको हातबाट कट बिहाइण्ड गराउँदा दिपेन्द्रले अन्तिम ओभरमा पुनित र किशोरलाई क्लिन बोल्ड गराए ।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो ।

विराटनगरका कमल सिंह ऐरीले अविजित २६ रन बनाए । २१ बल खेलेका ऐरीले २ चौका र २ छक्काको मद्दतमा २६ रन बनाए ।

यस्तै स्रिमन्था विजारत्ने २५ रनको योगदान गरे । रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका शाहब आलमले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ३ विकेट हात पारे । यस्तै नोमन खान २ र किश्वोर महत्व, पुनित मेहेरा र जयद आलमले समान १/१ विकेट हात परे ।

र याे पनि हेर्नुस – २६ स्थानिय तहले बुझाएनन् कृषि तर्फको खर्च विवर‌ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *