धनगढीविरुद्ध काठमाडौं ब्याटिङमा

धनगढीविरुद्ध काठमाडौं ब्याटिङमा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा अहिले धनगढी ब्लुज र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

धनगढीले फिल्डिङ रोजेपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पहिले ब्याटिङ गर्ने भएको छ । खेल १७ ओभरको हुनेछ । खराब मौषमको कारण ढिला सुरु हुँदा खेल १७ ओभरमा घटाइएको हो ।

प्रतियोगितामा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्न चाहान्छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । काठमाडौं  भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो ।

सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित आवश्यक छ ।

एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।

र यो पनि हेर्नुस – पहिलो खेलमा एनआरटीको फराकिलो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *