रामेछापकाे नवजागरण सहकारी प्रदेश न‍.३ कै उत्कृष्ट

रमिला खड्का/रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था ३ नं  प्रदेशको  उत्कृष्ट संस्थाको रुपमा घोषित भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून)ले रामेछापको मन्थलीमा रहेको उक्त सहकारी संस्थालाई ३ नं.प्रदेशको उत्कृष्ट संस्थाको रुपमा घोषित गरेको हो । नेफ्स्कुनले ३२ औं स्थापना दिवसको अवसरमा विभिन्न विधा र प्रादेशिक आधारमा उत्कृष्ट संघ, संस्था र व्यक्ति घोषित गर्ने गर्दछ । सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरि उत्कृष्ट संस्थाको रुपमा घोषित भएको  जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष श्याम थापाले सेयर सदस्य, सञ्चालक समिति, विभिन्न समिति तथा उप–समिति र कर्मचारीहरुको विश्वास र मेहनतले नवजागरण सकोस उत्कृष्ट संस्थाको रुपमा घोषणा भएको बताउनुभयो ।

संस्था पल्र्स मोनिटरिङ, ऐननियम र कार्यविधिअनुसार चल्दा उत्कृष्ट बन्न सकेको उनले बताए । नेफ्स्कुनले आगामी साधारण सभामा घोषित सम्मान संस्थालाई प्रदान गर्नेछ । नेफ्स्कूनको ३२औं स्थापना दिवसको अवसरमा नवजागरण साकोसलाई फिल्ड कार्यालय दोलखा बाट उत्कृष्ट बचत कारोबार गरे बापत सम्मानित गरिएको हो ।

स्थानीय महिलाहरुले जम्मा १० हजार रुपैयाँबाट सुरु गरेको उक्त सहकारीको २१ वर्ष पुग्दा वासलात अहिले ३६ करोड १२ लाख पुगेको संस्थाको सचिब सोमेश थापाले जानकारी दिनुभयो । संस्थाको २५ करोड २० लाख रुपैयाँ बचत तथा २६ करोड ११ लाख रुपैयाँ ऋण लगानी भएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी गराउनुभयो । सहकारीमा ५ हजार ९ सय ९ शेयर सदस्यहरु रहेका छन्  ।

र याे पनि हेर्नुस –पुडासैनी मृत्यु प्रकरण-रविलाई तीन नम्वर इजलासमा लगियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *