पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको भतेरी जङ्गलमा रुखसहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर–२९ अन्तर्गत भतेरीमा करिब दिउसो १ बजे सुक्खा पहिरो खसेको चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार रुख र पहिरो पन्छाउन लोडर मगाइएको र एकतर्फी खुल्न मात्र १ घण्टा लाग्ने छ । ‘दुई वटा ठुलो रुखसििहत पहिरो गएको छ , उनले भने दुईतर्फी सञ्चालन हुन साँझसम्म लाग्छ होला ।’

पहिरो गएको स्थान नारायणगढबाट करिब ७ किलोमिटर मुस्लिनतर्फ पर्छ । सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन जाममा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *