विधिपूर्वक बोलपत्र पेश नभएपछि निजगढ नगरपालिकाको नदिजन्य पदार्थ उत्खनन तथा निकासी ठेक्का रद्ध

नवराज चौलागाईं, निजगढ,०९ मंशिर । निजगढ नगरपालिकाले चालु आर्थिक वर्षकोलागि आह्वान गरेको नदिजन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्का रद्ध गरेकोछ । आर्थिक वर्ष २०७७÷७८ कोलागि आह्वान गरेको बोलपत्रमा ठेकेदार कम्पनीहरुले कानुन संवत बोलपत्र पेश नगरेपछि ठेक्का रद्ध गर्नुपरेकोहो ।

नगरपालिकाले चालु आर्थिक वर्षकालागि गत आश्विन १५ गते जिल्ला समन्वय समिति बाराबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत लालबकैया र धन्सार नदीबाट १ करोड ८५ लाख ७६ हजार १३ घनफिट नदिजन्य पदार्थ उत्खनन गर्नकालागी न्युनतम १३ करोड ३२ हजार ९१ रुपैंयामा बोलपत्र आह्वान गरेकोथियो । जसमध्ये ६ वटा बोलपत्रदाताहरुले सिलबन्दी बोलपत्र दर्ता गरेकाथिए । नगरपालिकामा पेश गरिएको बोलपत्रमा हिमानी सिमेन्ट ब्लक उध्योगले भ्याट बाहेक १३ करोड ५१ लाख कबोल गर्दै सबैभन्दा बढी कबोल गरेको भएपनि बोलपत्रसंगै पेश गर्नुपर्ने धरौटी वापत कृषि बिकास बैंक निजगढ शाखामा प्रभु बैंकको चेक क्लियरेन्स मार्फत ८० लाख रुपैंया जम्मा गरेको देखिएपनि सो चेक सम्बन्धित खातामा रकम नभई फिर्ता भएको कृषि बिकास बैंकले जानकारी गराएकोले सो बोलपत्र सार्वजनिक खरिद ऐन २०६३ तथा बोलपत्र फारम संलग्न सुचना विपरित भएकोहो ।

तेस्तै दोश्रो सबैभन्दा बढी १३ करोड ३१ लाख ११ हजार १११ कबोल गर्ने न्यु पाथिभरा सप्लायर्सले बोलपत्र साथ बैंक जमानत बापत बिडबन्डको सक्कल कागजात पेश गर्नुपर्नेमा छायाप्रति पेश गरेकोले सो समेत बोलपत्र आह्वान सुचना विपरित सक्कल बैंक जमानत पेश नगरेकाले सम्बन्धित बैंकबाट छायाप्रति बिडबन्डद्वारा उक्त बैंकले कुनै बैंक भुक्तानी गर्न नमिल्ने भनि बैंकले जानकारी गराएकोले सो बोलपत्र समेत कानुन बमोजिम अयोग्य ठहर भएकोहो । बोलपत्रद्वारा अधिकतम प्रतिस्पर्धा भई नगरपालिकाको आन्तरिक राजस्व आम्दानि सोहि बमोजिम अधिकतम रुपमा बढाई नगरपालिकाको बिकासात्मक कार्यहरुलाई अविलम्व अगाढी बढाउनुपर्ने र राजस्व घाटा हुन नदिई वृहत प्रतिस्पर्धा गराई पुनः बोलपत्र आह्वान गर्दा नगरपालिकाको सर्वोत्तम हितमा हुने समेत देखिएकाले पेश हुन आएका बोलपत्रहरु अस्वीकृत गरि सोसग सम्बन्धित सम्पूर्ण खरिद कारवाही रद्ध गर्ने तथा सार्वजनिक खरिद ऐन २०६३ बमोजिम ई बिडिङ मार्फत पुनः बोलपत्र आह्वान गर्ने मेयर सुरेश कुमार खनालले बताउनुभयो । बोलपत्रदाताहरुले कानुन संवत बोलपत्र पेश नगरेपछि मेयर खनालले नगरपालिकामा पेश गरिएका बोलपत्रहरु रद्ध गरि पुनः बोलपत्र आह्वान गर्न कार्यपालिका बैठकमा आग्रह गर्दै आउनुभएकोथियो । तर उपप्रमुख लिलादेवी लामिछाने खनाल सहित वहुमत कार्यपालिका सदस्यले कानुन विपरित हिमानीलाई नै ठेक्का दिनुपर्ने भन्दै अडान लिंदै आएकाथिए ।

पटक पटक बसेको कार्यपालिका बैठकले ठेक्का प्रक्रिया खारेज गर्ने निर्णय नगरेपछि मेयर खनालले बोलपत्र खारेज गरि पुनः ई बिडिङ मार्फत सिलबन्दी बोलपत्र आह्वान गर्न आदेश दिनुभएकोहो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *