कोरोनाबाट मृत्यु भएका बालकको सम्पर्कमा आएका निजगढका सम्पूर्णको रिपोर्ट नेगेटिभ

नवराज चौलागाईं, निजगढ,०५ आषाढ – निमोनियाका कारण मृत्यु भएका कोरोना भाईरस संक्रमित निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका बालकको सम्पर्कमा आएकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएकोछ । बालकको सम्पर्कमा आएकाहरुको गत बुधबार स्वाब संकलन गरेर बिरगंज स्थित नारायणी अस्पतालमा पठाईएकोथियो ।

अभिभावक लगायत परिवारका अन्य सदस्य,बालकको उपचार गर्न स्थानीय अस्पताल र मेडिकल सम्म पुर्याउने अटो चालक,एम्बुलेन्स चालक,उपचारमा संलग्न स्थानीय स्वास्थ्यकर्मी र मृतक बालकको सम्पर्कमा रहेको स्थानीय गरेर २४ जनाको स्वाव संकलन गरेर पठाईएकोथियो ।

परिक्षणको क्रममा बालकको सम्पर्कमा आएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो । बालकको सम्पर्कमा आएका सम्पूर्णको रिपोर्ट नेगेटिभ आएसंगै बालक कसरि संक्रमित भए भनेर अन्यौल भएकोछ ।

निमोनियाका कारण ग्रसित ५ वर्षीय बालकको बिरगंजस्थित बिरगंज हेल्थ कियर अस्पतालमा उपचारको क्रममा गत जेठ ३० गते मृत्यु भएकोथियो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *