नेपालको सिमा अतिक्रमण विरुद्ध निजगढका साहित्यकार सडकमा

बारा – भारतले हालै सार्ववनिक गरेको नयाँ भारतीय राजनितिक नक्सामा नेपालको कालापानी  लिपुलेक  लिम्पियाधुरा लगायतका नेपाली भूभाग समेटेको बिरोधमा बारा निजगढका कविहरुले रचनात्मक रुपमा सडक कबिता आन्दोलन कार्यक्रम  गरेका छन 

भारतीय अतिक्रमणको बिरुद् खवदारीका लागी भन्दै बुधबार साँझ निजगढको सहिदचोकमा निजगढ साहित्य परिषदको आयोजनामा भएको  कार्यक्रममा कविता मार्फत नै कविहरुले नेपाल सरकार र नेतृत्वलाइ राष्ट्रियताको बिषयमा कडा रुपमा प्रस्तुत हुन समेत आह्वान गरेका छन ।

भारतले आफ्नो भुमी मिचेको बिषयमा जनताले बोलेपछि मात्र सरकारले बोलेको भन्दै कविहरु सरकार प्रति रुष्ट भएका छन । निजगढ साहित्य परिषदका सदस्य रमेश रशिकले कविता वाचन गरेपछि अन्य कविहरुले अतिक्रमणको विरोधमा करिब एक घण्टासम्म साहित्यकारहरुले  आफ्ना सिर्जना वाचन गरेको थिए ।

 कवितामा उनीहरुले सिमा समस्या तथा अतिक्रमण र छिमेकीको हेपाहा प्रवृत्ती र नेत्तृत्वको लाचारपन प्रति समेत आक्रोस व्यक्त गरेका थिए । कार्यक्रममा निजगढका एक दर्जन साहित्याकारले आफ्नो सिर्जना समेत सुनाएका थिए ।

यसभन्दा अघि बारा लगायत देशका विभिन्न स्थानमा समेत समेत यस्ता कार्यक्रण भैसकेका छन ।

र याे पनि हेर्नुस – बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *