निजगढमा आँखा अस्पताल निर्माणको लागी छलफल

नवराज चौलागाईं, निजगढ,०९ पौष । तिलगंगा अँखा अस्पतालको सहयोगमा निजगढमा निर्माण हुने आखा अस्पताल निर्माणकोलागी बिहिबार त्रिपक्षीय छलफल भएकोछ । अँखा अस्पताल निर्माणकालागि लगानी जुटाउने एलिना भिजन,समन्वयकर्ता तिलगंगा आखा अस्पताल र निजगढ नगरपालिकाबीच बिहिबार निजगढमा छलफल भएकोहो ।

अस्पताल निर्माण र व्यवस्थापनको धारणा सम्बन्धमा छलफल भएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो । तिलगंगाले निजगढमा अस्पताल निर्माण गराउन २०७५ कार्तिक ९ गते निजगढ नगरपालिकासंग सम्झौता गरेकोथियो । तेतिबेला आँखा अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाको तर्फबाट नगर प्रमुख सुरेस कुमार खनाल र अस्पतालको तर्फबाट नेपाल आखा कार्यक्रम तिलगंगा आखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएकोथियो ।

निजगढ नगरपालिकाले आखा अस्पताल निर्माणकालागि वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको जग्गा उपलब्ध गराएकोछ । नेपालको अन्धोपन सर्वेक्षण २०१२ को प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढी दृष्टि विहिनताको उच्च दर रहेको जिल्लामध्येमा बारा जिल्ला परेपनि जिल्लामा पर्याप्त आखा अस्पतालको सेवा नहुँदा सेवाग्राहीहरू अन्यत्र उपचार गराउन जानुपर्ने बाध्यता रहेकोछ । जिल्ला भरिमै सुविधायुक्त आखा अस्पतालको व्यवस्था नभएकाले निजगढमा सुविधा सम्पन्न आखा अस्पतालको आवश्यकता महशुश भएकाले निजगढ नगरपालिकाले आखा अस्पताल निर्माणकालागि पहल र आवश्यक सहयोग गरेको निजगढका मेयर खनालले बताउनुभयो । अँखा अस्पताल निर्माण पश्चात बारा लगायत रौतहट,मकवानपुर,सर्लाही र भारतीय नागरिकहरुले समेत सर्वसुलभ रुपमा आखा उपचारको सेवा प्राप्त गर्नसक्ने आफुले आशा लिएको खनालले बताउनुभयो ।

छलफलमा अस्पताल निर्माणकोलागि आर्थिक सहयोग गर्ने दातृ निकाय एलिना भिजनका चिफ अपरेटिङ अफिसर बसन्त कुमार,नेपाल आखा कार्यक्रम तिलगंगा आखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ,तिलगंगा अँखा अस्पतालका डाक्टर मोहनकृष्ण श्रेष्ठ,नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाका सभापति नारायण प्रसाद शर्मा,निजगढका मेयर सुरेश कुमार खनाल लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेकोथियो । छलफल पश्चात अस्पतालको पूर्वाधार तयार नभएसम्म तत्कालकोलागी सेवा संचालन गराउन तिलगंगा अस्पताल र एलिना भिजनले नगरपालिकासग सहकार्य गरेर अघि बढ्ने योजना रहेको मेयर खनालले बताउनुभयो । तत्कालकोलागी प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई प्रयोगमा ल्याएर सेवा संचालन गर्ने विषयमा छलफल भएको खनालले बताउनुभयो ।

बिहिबार अस्पताल निर्माण हुने स्थल र प्राथमिक स्वास्थ्य केन्द्र निजगढको समेत उक्त टोलीले अवलोकन गरेकोथियो । सिंगापुरको सस्था एलिना भिजनले भियतनाममा आँखा अस्पताल निर्माण गरेको र नेपालमा पनि आखा अस्पताल निर्माण गर्ने योजना रहेको भारतीय मूलका चिफ अपरेटिङ अफिसर बसन्त कुमारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *