निजगढमा कपडा बैंक शुरु

निजगढमा कपडा बैंक – बाराको निजगढमा स्थानिय युवाहरुको सक्रियातामा निशुल्क कपडा बैंक स्थापना भएको छ । गरीब अशहायलाई आफ्नो शरीर अनुकल हुने कपडाहरु निशुल्क रुपमा लैजान सक्ने बताइएको छ ।

बाराको निजगढ नगरपालिका ९ मा फ्रेन्डस सर्कल अफ निजगढले स्थानिय युवाहरुको सक्रियता तथा स्थानिय व्यापारी व्यवसायीहरुको सहयोगमा निशुल्क कपडा बैंक स्थापना गरेका हुन ।

शनिबारबाट सन्चालनमा आएको निशुल्क कपडा बैकको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले एक कार्यक्रमका बीच कपडा बैंकको उद्घाटन गर्नु भएको हो । आफुले चाहेजस्तो कपडा लाउन रहर हुँदा हुदैपनि गरीबीका कारण चाहे जस्तो कपडा लाउन नपाएका गरीब अशहाय तथा निमुखाहरुका लागि सहयोग गर्ने उद्श्येले निशुल्क कपडा बैंक स्थापना गरिएको फ्रेन्डस सर्कल अफ निजगढका अध्यक्ष अनिश पोखरेलले बताउनु भयो ।।

देशका अन्य सहरहरुमा यस्ता कपडा बैंक स्थापना भएपनि तराईका सहरहरुमा यस्ता कपडा बैंकको स्थापना भएको थिएन । तर अब निजगढमा पनि निशुल्क कपडा बैंकको स्थापना भएपछि स्थानिय गरीब तथा अशहायहरुले राहतको महसुस गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी तथा निजगढ नगरपालिकाका नगर प्रमुख खनालले स्थानिय युवाको सक्रियताको प्रसंसा गर्नुको साथै अन्य जिल्लाहरुमा पनि यस्ता निशुल्क कपडा बैंकहरुको स्थापना हुनु आवश्यक रहेको बताउनु भयो । आफुले चाहेर पनि भने जस्तो कपडा किनेर लाउन नसक्ने विपन्न परिवारका लागि नि शुल्क कपडा बैंकले ठुलो राहत प्रदान गरेको खनालले बताउनु भयो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु,कर्माचारीहरु,स्थानिय समाजसेवीहरुका साथै स्थानियबासीको सहभागीता रहेको थियो ।

र यो पनि हेर्नुस – कलंकीमा १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *