गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढले गरेको रक्तदान कार्यक्रममा ११४ जनाद्वारा रक्तदान

निजगढ,२५ श्रावण । गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढले आईतबार निजगढमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।

विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस महामारीका कारण रक्तदान कार्यक्रमहरुमा कमि आएपछि रक्तसंचार केन्द्रमा रगतको अभाव हुनथालेकोले गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढले रक्तदान कार्यक्रमको आयोजना गरेको गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढका संयोजक खड्गराज मैनालीले बताउनुभयो । कार्यक्रममा १९ जना महिला र ९५ जना पुरुष गरि १ सय १४ जनाले रक्तदान गरेको संयोजक मैनालीले बताउनुभयो ।

निजगढ बजार स्थित निजगढ ब्याँक्युईटमा सम्पन्न कार्यक्रममा निजगढ फुटबल क्लव,मेची महाकाली बुहारी संयुक्त आवाज बारा,स्थानीय चौतारा युवा क्लव,निजगढ युवा संजाल लगायत सामाजिक संघ संस्थाहरुले स्वयमसेवी भूमिका निर्वाह गरेका थिए ।

कोरोना महामारीको समयमा समेत गौरीशंकर फाउन्डेसन ब्याच २०५७ निजगढले रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय धर्म पुरा गरेको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *