निजगढ नगरपालिकाको बजेट ८८ करोड ४९ लाख

नवराज चौलागाईं, निजगढ,१० आषाढ । निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेकोछ ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको सभापतित्वमा भएको नगर सभामा उपमेयर लिलादेवी लामिछाने खनालले आगामी वर्षकालागि ८८ करोड ४९ लाख ५० हजार रुपैयँ बराबरको बजेट सार्वजनिक गरेकीहुन् ।

नगरपालिकाले कृषि क्षेत्र,स्वास्थ्य तथा रोजगारी श्रीजना गर्ने खाल्का कार्यहरुलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रमहरु ल्याएको नगर सभालाई सम्बोधन गर्नुहुँदै मेयर सुरेश कुमार खनालले बताउनुभयो । नगरपालिकाले संघीय सरकार मार्फत वित्तीय समानीकरण अन्तर्गत १२ करोड २४ लाख,ससर्त अनुदान २० करोड ४७ लाख,राजश्व बाडफाड ९ करोड ७४ लाख,विशेष अनुदान २ करोड ५० लाख,प्रदेश सरकार वित्तीय समानीकरण ७३ लाख ४१ हजार,प्रदेश ससर्त अनुदान ८० लाख,विशेष अनुदान २० लाख,समपुरक अनुदान ३० लाख,सवारी साधन राजश्व बाडफाड १ करोड ९१ लाख र आन्तरिक आय ३७ करोड ५९ लाख लगायत अन्य आम्दानि सहित ८८ करोड ४९ लाख ५० हजारको नीति तथा कार्यक्रम उपमेयर लिलादेवी लामिछाने खनालले प्रस्तुत गर्नुभएकोहो। नगरपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकता स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार,कृषि र पशु क्षेत्रको बिकास,भौतिक पूर्वाधार बिकास,खानेपानी सरसफाई व्यवस्थापन,युवा स्वरोजगार शिप व्यवस्थापन,सेवा प्रवाह र सुचना प्रविधि,पर्यटकीय पूर्वाधार बिकास,लक्षित बर्गको क्षमता बिकास,खेलकुदको बिकास र कला संस्कृतिको जगेर्ना,भुमि व्यवस्थापन लगायत रहेकाछन । सडकलाई नगरको प्रमुख प्राथमिकता प्राप्त क्षेत्रको रुपमा आत्मसाथ गर्दै वार्षिक ७ किलोमिटर पक्कि सडक बनाउने नीतिलाई निरन्तरता दिने नीति लिएकोछ ।

वडा नम्बर ९ स्थित रंगशाला नजिक ट्रक तथा बस पार्कको निर्माण कार्य अघि बढाईने,शहरी खानेपानी आयोजना सुरुवात गरिने,वैकल्पिक उर्जाको दिगो श्रोतको रुपमा रहेको सौर्य उर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरिने,बकैया नदीको पानीको रिचार्ज,तथा सिंचाई,नदि नियन्त्रण कार्यलाई समेत सहयोग गर्नेगरी चेक ड्यामको निर्माण गरिने,सामुदायिक विध्यालयहरुमा निशुल्क पठनपाठनमा सहयोग गर्नकालागी विध्यार्थी संख्याको आधारमा नगरपालिकाबाट थप अनुदानको व्यवस्था मिलाईने,संस्थागत विध्यालयहरुको वर्गीकरण,शुल्क निर्धारण गरिने,कोभिड १९ को सम्भावित संक्रमणबाट बच्न र बचाउन सकिने सचेतनामुलक कार्यक्रम संचालनमा ल्याईने,विध्यालय तहमा खेलकुदका बिभिन्न प्रतियोगिताका कार्यक्रम संचालन गरिने,प्राविधिक शिक्षालाई जोड दिंदै दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकामा वहुप्राविधिक शिक्षालय खोल्न आवश्यक सम्भाव्यता अध्ययन गरिने,विध्यालय स्तरमा कम्प्युटर शिक्षालाई प्रोत्साहन गर्न विध्यालयको स्तर अनुसार आवश्यक व्यवस्था मिलाईने लगायत नगरपालिकाको मुख्य नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी सर्प दंश उपचार सेवालाई थप व्यवस्थित गरिने,समुदायमा आधारित सहुलियत मुल्यको औषधि पसल संचालन गरिने,प्रत्येक माध्यमिक विध्यालयहरुमा माध्यमिक तहका छात्र छात्राहरुलाई ट्राफिक नियम,साईवर अपराध र कानुन सम्बन्धि जानकारी दिने कक्षाहरु सम्बन्धित निकायहरुको समन्वयमा संचालन गरिने,विपन्न वर्ग,अपांग,पिछडा,दलित वर्गलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने,हालसम्म शैक्षिक क्षेत्रमा उच्च योगदान पुर्याएर दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाहरुलाई प्रोत्साहन गर्ने र शैक्षिक गुणस्तर न्यून भएका शिक्षण संस्थाहरुको स्तर उन्नति गर्न भौतिक,आर्थिक,दक्ष जनशक्ति परामर्श लगायतका सबै सहयोग गरेर नगर भित्रका सबै शिक्षण संस्थाहरुलाई उच्च गुणस्तरिय सेवा प्रदान गर्न सक्ने व्यवस्था मिलाईने,सामुदायिक विध्यालयहरुमा स्वास्थ्य परिचारिकाद्वारा स्वास्थ्य सम्बन्धि शिक्षा कार्यक्रम शुरु गरिने,सबै सामुदायिक माध्यमिक विध्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने,नगर भित्रका जनप्रतिनिधि,शिक्षक,व्यवस्थापन समिति र कर्मचारीका बालबालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विध्यालयमा अध्ययन गराउने कार्यलाई निरन्तरता दिईने,महिला फुटबल तथा भलिबल खेल संचालन गरिने,मेयर कप फुटबल प्रतियोगितालाई निरन्तरता दिईने,सुरक्षा निकायको समन्वयमा नगर स्तरीय सुरक्षा व्यवस्था गरिने,प्रस्तावित तिलगंगा आँखा अस्पतालको शाखा निर्माण कार्यलाई सहयोग पुर्याई छिटो निर्माण गर्न पहल गरिने,किड्नी र डायलासीस केन्द्र स्थापनाकोलागी पहल गरिने,ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिने,खेल प्रशिक्षकको व्यवस्था गरि नियमित प्रशिक्षणको व्यवस्था मिलाईने,प्रत्येक वडामा एउटा खेल मैदान,एउटा सामुदायिक भवन,बाल पार्क,ज्येस्ठ नागरिक मिलन केन्द्र तथा स्थानीय उत्पादन बिक्रि केन्द्र स्थापना कार्यलाई निरन्तरता दिईने,प्रत्येक वडामा प्राथमिक उपचार सम्बन्धि तालिम दिई आवश्यकता अनुसार औषधि र किट बक्स वितरण गरिने,शहिद हिरालाल गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिईने,बिभिन्न समुह तथा संघ संस्थाहरु मार्फत घरेलु हिंशा,यौन हिंशा,साईबर अपराध लगायतका दैनिक व्यावहारिक कानुनको जानकारीमुलक कार्यक्रमहरु संचालन गरिने,अपांग आयआर्जन तथा क्षमता बिकास कार्यक्रम संचालन गर्ने नीतिलाई निरन्तरता दिईने,सामुदायिक विध्यालयहरुको पाठ्यक्रममा भएको एकरुपतालाई कडाईका साथ् नियमन गरिने,नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य केन्द्रको भौतिक सुधार गरि स्वास्थ्य सुविधालाई सहज र पंहुच योग्य बनाईने,आमा स्वास्थ्य कार्यक्रम,पोषण कार्यक्रम,खोप लगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयनको व्यवस्था कार्यलाई निरन्तरता दिईने,पर्याप्त खोप केन्द्र संचालनमा ल्याईने,महिला स्वास्थ्य स्वमसेविकाको क्षमता बिकासकोलागि आवश्यक तालिम संचालन गरिने,अपाङ्गता भएकाहरुको तथ्यांक अध्यावधिक गरि बिभिन्न प्रकारका स्वरोजगारमूलक तालिम,कार्यक्रम प्रदान गरिने,संघीय तथा प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमसंग समन्वय गरि स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याईने,मौलिक संस्कृतिको जगेर्नाका निमित्त लोपोन्मुख,अल्पसंख्यक,आदिवासी र जनजातिको संरक्षण र बिकास गरि पर्यटन बिकासकालागि होमस्टेको व्यवस्था गरिने,नगर क्षेत्र भित्र रहेको धार्मिक पर्यटकीय धरोहरहरुको एकीकृत बिकास गर्न पर्यटन गुरुयोजना निर्माण गर्न शुरु गरिने,नंया पर्यटकीय गन्तव्यको खोजि र बिकास गर्दै लगिने,वडा नम्बर ३ पिपलटार देखि वडा नम्बर १३ को शक्तिखोला सम्म वातावारमैत्री पैदलमार्गको रेखांकन गरिने,गणेशमान पार्कमा शिव मुर्ति स्थापना र स्विमिङ पुल स्थापना गरिने,शहिद हिरालाल पार्क गोलघरमा स्विमिङ पुल स्थापना गरिने,वडा नम्बर ४ मा अन्तर स्थानीय तह तथा निजि क्षेत्रको साझेदारीमा जिप लाईनको स्थापना गरि संचालनमा ल्याईने,वडा नम्बर १३ को शक्ति मन्दिर क्षेत्रमा पर्यटन बिकासकोलागि गुरुयोजना तयार गरिने,प्रत्येक वडाको अलग अलग कृषि पहिचान झल्किने गरि पकेट क्षेत्र घोषणा गरि कार्यान्वयन गर्दै लगिने,औषधि छर्कन ड्रोनको व्यवस्था मिलाईने,जमिन चाक्लाबन्दि गरि खेति गर्न चाहने कृषि समुहलाई प्रोत्साहन गरिने,सुविधा सम्पन्न शीत भण्डार स्थापना गरिने,नगरपालिकालाई हरित नगरपालिकाको रुपमा लैजान राजमार्ग एवम अन्य सडकहरुमा दाँया बाँया वृक्षारोपण गर्ने नीतिलाई निरन्तरता दिईने लगायतका बिभिन्न नीति तथा कार्यक्रमहरु समावेश गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *