अवैध उत्खनन मार्फत निकालिएका ठुलो परिमाणको ढुंगा निजगढ नगरपालिकाद्वारा जफत

नवराज चौलागाईं, निजगढ,३० भाद्र । प्रतिबन्धित समयमा नदीको अवैध उत्खनन गरेर राखिएका ठुलो परिमाणको ढुंगा निजगढ नगरपालिकाले जफत गरेकोछ । निजगढका मेयर सुरेश कुमार खनाल सहितको अनुगमन टोलीले नगरका बिभिन्न नदीहरुमा गरिएको अवैध उत्खनन बाट थुपारीराखेको ठुलो परिमाणको ढुंगा जफत गरेकोहो ।

वडा नम्बर १ को धन्सार खोला,वडा नम्बर ९ को लालबकैया नदि र वडा नम्बर ४ को बकैया नदीबाट गरिएका अवैध उत्खनन मार्फत नदीबाट निकालेर सार्वजनिक जग्गामा थुपारेर राखिएको ढुंगा जफत गरिएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो । अनुगमन टोलीले मंगलबार १० हजार ५ सय ८ घनमिटर ढुंगा जफत गरेकोछ । नगरपालिकाले वडा नम्बर १ को धन्सार खोला किनारमा थुपारेर राखिएको ११ सय ७६ दशमलव ६ घनमिटर,वडा नम्बर ९ को लालबकैया नदिको पूर्वपट्टी सार्वजनिक जमिनमा थुपारेर राखिएको ११ सय ५ दशमलव ५ घनमिटर र वडा नम्बर ४ को बकैया नदि किनारको स्वार्वाजनिक जमिनमा थुपारेर राखेको ८ हजार २ सय २६ घनमिटर ढुंगा जफत गरेकोहो ।

अनुगमन टोलीले नगरका अन्य सार्वजनिक स्थलहरुमा समेत तस्करहरुले अवैध नदि उत्खनन गरेर थुपारेर राखेका ढुंगाहरु भेटेकोछ । सो ढुंगाको पनि लगत निकाली जफत गर्ने नगरपालिकाले जनाएकोछ । निजगढ नगरपालिकाको गत आईतबार सम्पन्न र्यपालिका बैठकले प्रतिबन्धित समयमा नगर भिग्त्रका बिभिन्न नदीहरुबाट उत्खनन गरेर सार्वजनिक स्थलहरुमा थुपारेर राखिएको ढुंगाको अनुगमन गर्ने निर्णय गरेकोथियो । तस्करहरुले रातको समयमा नदीबाट ढुंगा उत्खनन गरेर नजिकैको सार्वजनिक स्थलहरुमा थुपारेर बिक्रि वितरण गर्ने गरेपछि मेयर खनालले अवैध उत्खनन गरिएका तेस्ता ढुंगाहरु जफत गर्ने कार्यपालिका बैठक मार्फत निर्णय गर्नुभएकोथियो ।

वर्षा यामको आषाढ,श्रावन र भाद्र तिन महिनामा नदि तथा खोलाहरुबाट उत्खनन गर्न नपाईने प्रावधान रहेकोछ । तर सुरक्षा दिने प्रहरीलाई नै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेसंगै प्रहरीको सुरक्षा गस्तीमा कमि हुनथालेपछी तस्करहरुले मौका छोपेर अवैध नदि उत्खननमा लागेकाहुन ।

पटक पटक सूचना गरेर अवैध उत्खनन रोक्न आग्रह गरेपनि अटेर गर्नथालेपछी बाध्य भएर आफुहरुले ढुंगा जफत गर्नुपरेको मेयर खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *