निर्धन उथान बैकले गर्यो १ लाख चालिस हजार आर्थिक सहयोग

सिकेन्द्र शाह/आदर्श काेतवाल /निर्धन उथान बैक – बाराको आदर्श काेतवाल गाउपालिकामा निर्धन उथान बैकले आफ्नो एक सदस्यलाइ आर्थिक सहयोग गरेको छ ।

आदर्श कोतवाल गाउपालिका वार्ड नम्बर छ पटेर्वा टाेलका सुबैदा खातुनको हृदयघातबाट निधन भएकोले मृतकका श्रीमान् नुर महमत मिया मार्फत बैकले १ लाख चालिस हजार रुपैया आर्थिक सहयोग गरेको हो । बिगत लामो समय देखी उक्त बैंकमा रहेर कर्जा बचत काराेबार गर्दै आएकोले सहयोग स्वरूप शाखा प्रमुख हसमुदिन मियाँ द्वरा स्थानिय भद्र भलादमिकाे राेहबरमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सहायक कर्मचारी रामकुमार यादबले नेपालको विभिन्न स्थानमा रहेको सयौ शाखाहरु मध्ये बाराको सिम्रोंगढ़ शाखाले सबै भन्दा बढी कर्जा कारोबार गरेको बताउनु भयो साथै सस्थामा आवद्द हुने किसान तथा व्यापारीको संख्या दिन दिने बढ्दै गएको समेत बताउनु भयो
त्यस्तै कार्यक्रम मा बोल्दै बैंकका लेखापाल दिपक हरिजनले हालसम्म शाखाले कालगतिका कारण मृत्यु भएको आफ्ना एकतीस जना सदस्यलाई २६ लाख २ हजार एक सय उन्तीस रुपैया बराबरको रकम बितरण गरिसकेकाे बताउनु भयो ।

र यो पनि हेर्नुस -सिन्धुलीको जुनारमा देखियाे कालो ढुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *