सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका आचार्य विजयी

काठमाडौं : सिन्धुपाल्चोकको इन्द्रावती-८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन्।

उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए। राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र  राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए भने ९ मत बदर भएको छ। उत्साहजनक रूपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो। सो वडामा १४ सय ४ मतदाता थिए। वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो।

सिन्धुपाल्चोक जिल्लामा एक ठाउँमा मात्र उपनिर्वाचन भएको कारणले राजनीति दलको नेताको ध्यान इन्द्रावतीमै केन्द्रीत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *