साफ यू–१५ च्याम्पियनसिपमा नेपालको पहिलो जित

नेपालको पहिलो जित – नेपालले भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ ।

भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४६ औं मिनेटमा शशांकले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।

जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । श्रीलंकाको यो पहिलो हार हो । श्रीलंकाले २ खेलबाट ३ अंक नै जोडेको छ । श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३-२ गोल अन्तरले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । 

र यो पनि हेर्नुस – प्रदेश २ को नाम र राजधानी : नेकपा र कांग्रेसले फरक फरक प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *