एकै दिन ३ नेपाली राष्ट्रिय टोलीको ह्याट्रिक जित

नेपाली राष्ट्रिय टोली- भाद्र २४ गते नेपाली राष्ट्रिय खेलकुदको लागी सुखद रह्यो । हिजो एकै दिन नेपाली ३ वटा राष्ट्रिय टोलिले महत्वपुर्ण तिन अन्तराष्ट्रिय खेलमा विजय हासिल गरेको छ । बिभिन्न देशमा चलिरहेको खेलमा जित निकालेको हो ।

सन २०२२ मा कतारमा हुने विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा चाईनिज ताईपेविरुद्व शानदार जित निकालेको हो । ताइपे स्टेडियममा भएको खेलमा अन्जन बिस्टको उत्कृष्ट २ गोल संगै नेपालले पहिलो जित दर्ता गरेको हो ।

नेपालले विश्वकप छनोटको दोस्रो खेलमा ताईपेविरुद्व मैदान उत्रिएको हो । प्रशिक्षक योहान कालिनले ताईपेविरुद्व मुख्य फरवार्डमा विमल घर्तिमगरलाई मौका दिनुभएको छ । मिडफिल्डमा विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द र रवि पासवान रहेका छन् । यस्तै डिफेन्समा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी र रजित धिमाल रहेका छन् । प्लेईङ् सेटमा नियमित खेल्दै आएका बिक्रम लामालाई आराम दिईएको छ । गोलकिपरमा किरण चेन्जोङ रहनुभएको छ ।

त्यस्तै किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलमा नेपालको राष्ट्रिय महिला टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा हिजो (मंगलबार) ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गर्नुभएको हो । सावित्राले खेलको ८५ औं मिनेटमा गोल गर्नुभएको हो । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गर्नुभएको थियो । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेको छ । घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा नेपालले यस प्रतियोगिता खेलेको हो । १३ औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।

यता श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्वना जित निकालेको छ । हिजो (मंगलबार) भएको खेलमा युएईलाई १ सय ६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले दिएको २ सय ८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।

र याे पनि हेर्नुस – विश्वकप छनाेट खेल्ने राष्ट्रिय फुटबल टिम घाेषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *