नेपाल ओमानसँग ८ विकेटले पराजित

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको  २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

नेपालको यो एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले यस अघि गत वर्ष यूएईविरुद्ध २ सय ४३ रनको लक्ष्य दिएको थियो ।

यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय भने नेपालको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्धको तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दा सर्वाधिक उच्च लक्ष्य बनाएको थियो ।

र यो पनि हेर्नुस – विश्वकप क्रिकेट लिग–२: ३५ रनले नेपालको पहिलो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *