विश्वकप छनोट : आज नेपाल कुवेतविरुद्ध खेल्दै

 झन्डै अढाई महिना अघि राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्ध खेल्दै एएफसी विश्वकप छनोटको यात्रा सुरु गरेको थियो । समूह ‘बी’मा रहेको नेपाली टोलीले खेल्ने ८ खेल मध्ये आधा यात्रा तय गरिसकेको छ । जसमा नेपालले ३ खेलमा हार र १ खेलमा जित हासिल गरेको छ ।

त्यहि कुवेत हो जुन टोलीसँग अपेक्षाविपरित ७–० को हार बेहोर्दे नेपालले छनोटको यात्रा थालेको थियो । नेपाली टोली सबै अवे खेल सकिसकेको छ । अब बाँकी खेल होमा खेल्नुपर्नेछ । तर, बाध्यता नेपाली टोली भुटानको चाङलिमिथाङमा कुवेत टोलीको स्वागत गर्दैछ । होमको पहिलो खेल कुवेतविरुद्ध सुरु गर्ने नेपाली टोलीले पहिलो खेलको नतिजालाई भुलेको छैन ।

भदौ १९ गते पछि यी दुई टोली पहिलो पटक आमना सामना गर्दैछन् । यो बीचमा यो खेलका लागि निकै चर्चा भएको थियो । एएफसीले दशरथ रंगशाला खेलका लागि मापदण्ड नपुग्ने निर्णय सुनाएपछि कुवेतले त्यसलाई मौकाका रुपमा पुरा उपयोगको कोसिस गरेको थियो । एएफसीका अध्यक्षलाई भेटेर आफुले चाहेजसरी नेपाली टोलीसँग खेल्ने प्रयास गरेको थियो । तर, एएफसीले नेपालले प्रस्ताव गरेको भुटानको मैदानलाई लालमोहोर लगाउँदै कुवेतलाई त्यहाँ पुग्न बाध्य पारेको थियो ।

यहि बीचमा नेपाली टोलीको चार खेलाडीले भुटान यात्रा तय गर्न पाएनन् । अघिल्लो राती डिस्को गएको कारण देखाउँदै एन्फाले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशीलाई विदाईका लागि कारवाही गर्दै घर फर्काएको थियो । २३ सदस्य मध्ये ४ खेलाडीको विकल्पमा सुवास गुरुङलाई थप्दै २० सदस्यीय फुटबल टोली भुटान प्रस्थान गरेको थियो ।

‘यो खेल हाम्रो लागि महत्वपूर्ण छ । हामी पुनरागमनको प्रयास गर्नेछौं । हामी कडा चुनौति पेश गर्नेछौं ,’ नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रि म्याच कन्फ्रेन्समा आज भने, ‘हामीसँग भएका खेलाडीमा केन्द्रित हुन चाहन्छौं । एयरपोर्ट देखि नै मेरो खेलाडी राम्रो मुडमा आएका छन् र हामी कडा प्रतिस्पर्धाका लागि तयार छौं ।’

कालिनले टोलीबाट राम्रो प्रदर्शनको अपेक्षा राखेको पनि सुनाए । उनले कुवेतले पनि उच्च प्रदर्शनलाई निरन्तरता दिएकाले उच्च मनोबल रहेको अनुमान गरे । तर, त्यस्तो टोलीविरुद्ध उच्च मनोबलका साथ खेल्ने कालिनको दृढता छ । कुवेतका प्रशिक्षक थामेर इनाले पनि राम्रो खेल्ने र तीन अंक बटुल्ने विश्वास व्यक्त गरे । यद्दपी उनले नेपाली टोलीलाई कमजोर नकआक्ने बताए । ‘नेपाल कमजोर टोली होइन । यहाँको वातावरण नेपालका लागि मिल्दो जुल्दो छ ,’ उनले भने, ‘हामी ३ अंकका लागि खेल्नेछौं । हाम्रो केहि खेलाडी मात्र कृतिम मैदानमा खेल्न अभ्यस्त छन् ।’

नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि टोली कुवेतविरुद्ध खेल्नका लागि तयार रहेको बताएका छन् । ४ खेलमा कुवेत ७ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अष्ट्रेलियाको १२ अंक छ । तेस्रो स्थानको जोर्डनको पनि ७ अंक, चौथो स्थानको नेपालको ३ र पुछारको चाइनिज ताइपे अंक विहिन छ ।

र याे पनि हेर्नुस – आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *