पुरुष भलिबल : पहिलाे खेलमै नेपाल पराजित

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।

निकै रोमान्चक बनेको खेलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो । तर, नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो ।

घरेलु समर्थकको साथ पाएको नेपालले तेस्रो सेट २५-१९ ले जित्दै खेल २-१ को सेटमा अग्रता बनाएको थियो । चौंथो सेटमा बंगलादेश ले २६-२५ को जित निकालेपछि खेल २-२ सेटको स्थितिमा पुगेको थियो ।

त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५-१२ ले जित्दै बंगलादेशले खेल ३-२ को सेटमा आफ्नो बनायो ।

अब नेपालले समूह चरणको अन्तिम तथा तेस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ ।

र याे पनि हेर्नुस – साग : बंगलादेशमाथि नेपालको सानदार जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *