बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरेका थिए ।

जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो । बंगलादेशले भने अब तेस्रो स्थानको लागि खेल्नेछ ।

अब नेपालले स्वर्णका लागि भुटानसँग मंसिर २४ गते खेल्नेछ ।

र याे पनि हेर्नुस – दक्षिण एसियाली खेलकुदमा नेपालले प्राप्त पदकका संख्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *