बाराको आदर्शकोतवाल गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

बाराको आदर्शकोतवाल गाउँपालिकाको पाँचौ गाउँ सभा एवम् निति तथा कार्यक्रम सार्वजिक कार्यक्रम हिजो (मंगलबार) सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष मुस्तफा अंसारीको अध्यक्षतामा भएको गाउँसभामा आदर्शकोतवाल गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष तथा गाउँपालिका अर्थ समितिका अध्यक्ष धर्मेन्द्र यादवले आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाले ४३ करोड ७१ लाख ७९ हजार रुपैया बराबरको बजेट ल्याएको जानकारी दिनुभयो ।

पाँचौ गाउँसभाले गाउँपालिकाले गर्ने विभिन्न कार्यकमहरलाई चुस्तदुरुस्त बनाउनको लागी विभिन्न ऐन तथा नितिहरु समेत पास भएको जनाएको छ ।

गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साह तथा सम्पुर्ण वडाका वडा अध्यक्षहरु गाउँकार्यपालिकाका सदस्यहरु सम्पुर्ण कर्मचारी इलाका प्रहरी कार्यालयका प्रतिनिधि सञ्चारकर्मिहरु लगायतको सहभागिता रहेको थियो ।

यता बाराका १६ स्थानिय तहमध्ये अन्य दुई पालिकाहरु यस अघि नै आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रम सम्पन्न गरिसकेका छन । बाराको  सिम्रौनगढ नगरपालिका र पर्सौनि गाउँपालिकाले क्रमश ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० र ३३ करोड ७५ लाख बराबरको बजेट ल्याईसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *