कुवेतविरुद्ध नेपालको सहज जित, पारसको उत्कृष्ट ब्याटिंग

पारसको उत्कृष्ट ब्याटिंग – आइसीसी टी-२० विश्वकप अन्तर्गत एशियाको छनौट खेल अन्तर्गत नेपालले कुवेतलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित हासिल गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य पछाएको नेपालले पारसको उत्कृष्ट ब्याटिंगको काराण १५ .५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले ४२ बलमा ६८ रनको उत्कृष्ट पारी खेलेका थिए । पारसले ११ चौका र एक छक्का प्रहार गर्दै ६८ रन बनाएका थिए । कप्तान पारसको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो अर्धशतक हो ।

नेपालका लागि शरद भेस्वाकरले अविजित ३८ रन बनाएका थिए बहने ज्ञानेन्द्र मल्लले १९ रन बनाएर ओत भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी एक रन बनाएर आउट भएका थिए । रोहित पौडेलले अविजित ६ रन बनाएका थिए ।

कुवेतका बलर मुहमद काशिफले ३ विकेट लिएका थिए ।   यस अघि टस हारेर पहिला बय्टिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन बनाएको थियो ।

कुवेतका लागि अद्नान इन्द्रीसले सर्वाधिक २५ रन बनाए भने मोहमद अस्लामले २३ रन बनाएका थिए । त्यस्तै मुहमद काशिफले ३६ बलमा ४९ रन बनाए भने रविजा सन्दरुवान १५ रन बनाए ।  त्यस्तै बिलाल ताहिरले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र बसन्त रेग्मीले ३-३ विकेट लिएका थिए । सन्दीपले  ४ ओभरमा २१ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै बसन्त रेग्मीले ४ ओभरमा २० रन दिएर ३ विकेट लिएका थिए ।

त्यस्तै कारण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट र अविनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर एक विकेट लिएका थिए ।

यो हारसँगै मलेसिया, कतार र कुवेतको ग्लोबल क्वालिफायरमा छनौट हुने सम्भावना सकिएको छ । अब प्रतियोगिता जितेर छनौट हुनेमा नेपाल र सिंगापुरको मात्र सम्भावना रहेको छ । भोली आइतबार हुने नेपाल र सिंगापुरबीचको खेल जित्ने टिम नै छनौट हुने भएको हो ।  

यो पनि हेर्नुस – विश्वकप एसिया छनोट क्रिकेट : नेपालको दुई कीर्तिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *