सफ्टवेयर जडान गरी उपभोक्ता ठगी गर्ने १० पेट्रोल पम्पहरु कार्वाहीमा

बारा सम्वाददाता/पेट्रोल पम्पहरु कार्वाहीमा – पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले उपभोक्ता ठगी गर्ने बारा, बिभिन्न १० पेट्रोल पम्पहरु कार्वाहीमा गरेको छ । जसमा अधिकांस पेट्रोल पम्पहरुले सफ्टवेयर जडान गरी उपभोक्ता ठगी गर्नेगरेको पाईएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले बताउनु भयो ।

अनुगमनका क्रममा ठगी गरेको पाईएपछी बाराको अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोरका सञ्चालकलाई जनही तीन वर्ष कैद सहित ३० हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताउनु भयो ।

त्यस्तै बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही १० हजार रुपैयाँ जरिवाना तथा तीन महिना कैद सजायको दाबी गरिएको यादवले बताउनु भयो ।

र याे पनि हेर्नुस – २५ हजार बुझाए फार्मेसीको परीक्षा पास

Leave a Reply

Your email address will not be published. Required fields are marked *