बाराको निजगढमा पोखरा-निजगढ साहित्यिक यात्रा गोष्ठि सम्पन्न

बारा – बाराको निजगढमा पोखरा निजगढ साहित्यिक यात्रा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा निजगढ साहित्य परिषद्को आयोजनामा निजगढ वैन्क्वेट पार्टि प्यालेसमा सम्पन्न भएको कार्यक्रममा चर्चित गजलकारहरु प्रकट पङ्गेनि शिव , आवाज शर्मा,शिव त्रिपाठी लगायत करिव ५० जना भन्दा बढि साहित्यकारहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो ।

कार्यक्रमका मुख्य आकर्षकको रुपमा रहनु भएका गजलकारहरु  प्रकट पङ्गेनि शिव, आवाज शर्मा,शिव त्रिपाठीले आफ्ना चार चार वटा रचना वाचन गर्नु भएको थियो ।

समालोचक तथा गजलकार माधव काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरुले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पराजुलीले साहित्य मार्फत समाजको विकृती र विसंगतिलाई सच्याउन सकिने बताउनुभयो ।

पोखरा-निजगढ साहित्यिक यात्रा संयोजक समिति निजगढ बाराका संयोजक रमेश रशिकले कार्यक्रममा उपस्थितहरुलाइ स्वागत गर्दै निजगढमा सुस्त भएको साहित्यिक क्रियाकलावलाइ  यस कार्यक्रमको माध्यमबाट क्रियाशील बनाउन प्रोत्साहित गरेको बताउनुभयो ।

 कार्यक्रममा बारा पर्सा रौतहट सिन्धुली कास्की चितवन तनहुँ काठमाण्डौ लगायत देशका विभिन्न स्थानका करिब ५ दर्जन श्रष्ठाहरुले रचना वाचन गरेका छन ।

कार्यक्रममा पोखरा-निजगढ साहित्यिक यात्राका लागी पोखरा तनहुँ चितवन जिल्ला लगायतका करिव २० जना साहित्यकारहरुलाइ आयोजक निजगढ साहित्य परिषदले मायाको चिनो सहित सम्मान समेत गरेको छ ।

 निजगढ साहित्य परिषदका अध्यक्ष राम पराजुलिको सभाध्यक्षता भएको कार्यक्रममा स्वागत रमेश रसिक, र  सञ्चालन भोला प्रसाद चौलागाईले गर्नुभएको थियो ।

१२ नम्बर वडा कार्यालयद्धारा स्वागत

पाेख्रेली श्रष्ठा तथा सर्जकहरुलाई निजगढ नगरपालिका १२ को कार्यालयले स्वागत गरेको छ । वडा अध्यक्ष ज्ञानबहादुर गोलेले वडा कार्यालयमा आयोजना गर्नु भएको परिचयात्मक कार्यत्क्रममा खादा ओढाएर सम्मान गरेका हुन् ।

स्वागत तथा सम्मान कार्यक्रममको सञ्चालन कार्यपालिका सदस्य पवन विकले गरेका थिए ।

र यो पनी हेर्नुस – साहित्यको जात धर्म वर्ण लिङ्ग हुदैन – मन्दिरा मधुश्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *