बाराको निजगढमा पोखरा-निजगढ साहित्यिक यात्रा हुने

बारा- बाराको निजगढमा कार्तिक २ गते शनिबार देवकोटा जयन्तीको अवसरमा पोखरा-निजगढ साहित्यिक यात्रा हुने भएको छ । निजगढ साहित्य परिषदको आयोजनामा हुने कार्यक्रममा पोखरा तथा निजगढका चर्चित साहित्यकारहरुको जमघट तथा रचना वाचन गर्ने कार्यक्रम रहेको छ ।

निजगढ नगरपालिका वडा ८ बजार स्थित निजगढ बैन्क्वेट तथा पार्टी प्यालेसमा हुने कार्यक्रम बिहान ११ बजे देखि हुने जनाईएको छ ।

सोही अवसरमा पोखरा लगायत देशका बिभिन्न स्थानका चर्चित साहित्यकारहरुको रचना वाचन तथा गायन समेत गरिने कार्यक्रमको संयोजन गरीरहेको पोखरा-निजगढ साहित्यिक यात्रा संयोजक समिति निजगढ बाराका संयोजक रमेश रशिकले बताउनुभयो ।

कार्यक्रममा कास्की पोखराका प्रणय गजलका प्रखर गजलकार प्रकट पङ्गेनि शिव , आवाज शर्मा,शिव त्रिपाठी र संगै आमन्त्रीत अन्य श्रष्ठाहरु र बाराका स्थानिय साहित्यकारहरुले समेत रचना वाचन गर्ने छन ।

र यो पनी हेर्नुस – साहित्यको जात धर्म वर्ण लिङ्ग हुदैन – मन्दिरा मधुश्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *