कोरोनाको कारण नेपाल फर्किएका नागरिकहरुको अवस्थाको बारेमा सांसद चौधरीद्वारा प्रधानमन्त्री जवाफ माग

नवराज चौलागाईं, निजगढ,२८ जेठ – नेपालि कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक् डाउन पछिको अवस्थामा भारत लगायत अन्य मुलुकबाट नेपाल भित्रिएका नागरिकहरुको तथ्यांक,उनीहरुको पिसिआर परिक्षणको अवस्थाको बारेमा प्रश्न गर्नुभएकोछ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा सांसद चौधरीले लकडाउन पछिको अवस्थामा भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको अवस्थाको बारेमा जानकारी माग्नुभएकोहो । प्रश्न गर्ने क्रममा सांसद चौधरीले राष्ट्रिय महिला आयोग लगायत अन्य आयोगमा वर्षौदेखी पदाधिकारी नियुक्ति हुन् नसक्नुको कारण माग गर्नुभयो ।

‘निर्मला पन्त हत्या प्रकरणको दोषीलाई कहिलेसम्म कारवाहीको दायरामा ल्याउने हो ?’ सांसद चौधरीले प्रश्न गर्नुभयो ‘नेपालि सेनालाई व्यापारिक सेना बनाई स्वास्थ्य सामाग्री खरिदमा संलग्न गराएर सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजेको देखिन्छ,यस सम्बन्धमा सरकारको धारणा के हो ?’ स्पष्ट जवाफ चाहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *