शालिकराम मृत्यु प्रकरण अपडेट – प्रहरी कार्यालयमा ढुंगामुढा, ५ प्रहरी घाइते

प्रहरी कार्यालयमा ढुंगामुढा- जिल्ला प्रहरी कार्यालय ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो । शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।

  • onlinekhabar

र याे पनि हेर्नुस – न्युज २४ का टिभी जर्नलिष्टद्वय लामिछाने र कँडेल प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *