सर्लाहीमा तरकारी व्यापारीद्धारा प्रहरी हवल्दारमाथी हातपात

प्रहरी हवल्दारमाथी हातपात – सर्लाहीको लालबन्दीमा स्थानिय तरकारी व्यापारीद्धारा प्रहरी हवल्दारमाथी हातपात भएको छ । लालबन्दी नगरपालिका ७ अन्तर्गत पुर्व पश्चीम राजमार्गमा अव्यवस्थीत रुपमा रहेको तरकारी बजार व्यावस्थापन गर्ने क्रममा प्रहरी हवल्दार विजया थापामाथी स्थानिय तरकारी व्यापारी रेखा शाहले हातपात गरेकी ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले बताउनु भयो ।

प्रहरी निरिक्षक थापाका अनुसार कृषि विकास बैंकको लालबन्दी नरगपालिका ७ मा रहेको पर्ती जग्गामा सरसफाई गरि सडकको छेउमा अव्यवस्थित रुपमा रहेको तरकारी बजारलाई व्यावस्थापन गर्न सरसफाईका लागि जेसीवी लगाउने क्रममा आफ्नो सामान हटाउन प्रहरीले आग्रह गर्दा नमानेपछि प्रहरीले हटाउने क्रममा प्रहरी महिला हवल्दार थापालाई तरकारी व्यापारी शाहले हातपात गरेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तरकारी व्यापारी शाहले प्रहरीलाई अपशब्द प्रयोग गर्नुका साथै बर्दीमा रहेकी प्रहरी महिला हवल्दार थापालाई हातपात गरेकी हुन। तरकारी व्यापारी शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तरकारी व्यापारी शाहले यस अघि पनि प्रहरीमाथी अपशब्द प्रयोग गर्नुको साथै हातपात समेत गरेकी बताईएको छ ।

र यो पनि हेर्नुस – काठमाडौंको बिजेश्वरीमा गोली चल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *