प्राथमिक स्वास्थ्य केन्द्र निजगढलाई लायन्स क्लवद्वारा पिपीई वितरण

निजगढ,०८ आषाढ । प्राथमिक स्वास्थ्य केन्द्र निजगढलाई लायन्स क्लवले व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरेकोछ ।

लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोहो ।

लायन्स क्लवले १५ थान पिपीई प्रदान गरेको लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट खड्ग प्रसाद उप्रेतीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा आयोजित एक कार्यक्रमकाबीच लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट बिनोद खरेल र लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट खड्गप्रसाद उप्रेती लगायत लायन्सका बिभिन्न पदाधिकारीहरुले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएकोहो ।

हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसका बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *