साफ यू १५ च्याम्पियनसिप: फाइनलमा नेपाल पराजित

फाइनलमा नेपाल पराजित- साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । शनिबार आयोजक भारतसँग भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ ।

कल्याणी रंगशालामा भारतलाई सानदार जित दिलाउन सिद्धार्थले ह्याट्रिक पुरा गरे । त्यस्तै महोसन सिंह, अमन दिप, शिवाजित सिंह र हिमाशं जाग्राले समान १ गोल गरे । सिद्धार्थले दोस्रो हाफमा २८ मिनेट भित्र ह्याट्रिक पुरा गरे ।

५२ औं मिनेटमा पहिलो गोल गरेका सिद्धार्थले अर्को गोल ७६ औं मिनेटमा गरे । ८० औं मिनेटमा अर्को गोल थप्दै सिद्धार्थले ह्याट्रिक पुरा गरे । महोसनले १५ औं मिनेटमा गोल गर्दैै भारतलाई अघि बढाएका थिए । अमनले ४१ औं मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजितले गोल थपे । दोस्रो हाफमा सिद्धार्थ बाहेक हमाशंले ६५ औं मिनेटमा गोल गरे ।

भारतसँगै ५–० ले पराजित हुँदै नेपालले च्याम्पियनसिपको सुरुवात गरेको थियो । कमजोर सुरुवात गरेको नेपाली युवा टोली त्यसपछि लयमा फर्केको थियो । श्रीलंका , बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । तर टोली फाइनलमा फेरि एकपटक नराम्ररी पराजित भएको छ । 
दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गर्यो ।

यू १५ मा च्याम्पियन बन्ने तेस्रो मौका नेपालले गुमाएको छ । यसअघि यू १६ को नाममा हुने च्याम्प्यिनसिपमा नेपालल दुई पटक फाइनल पुगेको थियो । सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो ।

र यो पनि हेर्नुस – साफ यू–१५ च्याम्पियनसिप: नेपाललाई भारत नै तगारो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *