फर्किए बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् ।

उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्यसैगरी उच्चपदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए । राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । त्यसैगरी उनले विहिबार पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमण गरेका थिए भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । शुक्रबार बिहान चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम राखिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो

र याे पनि हेर्नुस आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश-

Leave a Reply

Your email address will not be published. Required fields are marked *